×

NMB BANK
NIC ASIA

समाजवादी क्रान्ति त भनिएको छ तर चित्र हाम्रो दिमागमा ‘क्लीयर’ छैन : प्रचण्ड

असोज १८, २०७८

NTC
Premier Steels

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिको स्पष्ट चित्र दिमागमा नभएको खुलासा गरेका छन् ।

Muktinath Bank

नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले समाजवादी क्रान्तिको कार्यनीति, संगठन र आचरण पनि नभएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भने, ‘पहिला–पहिला हामी क्रान्तिकारी कम्युनिस्ट संगठनमा त सानै, मान्छे त थोरै थियौं तर हाम्रो दिमागमा चित्र क्लीयर हुन्थ्यो, हाम्रो विचार यो हो, जाने बाटो यो हो भन्ने हुन्थ्यो, कन्फ्यूजन हुँदैन्थ्यो । थोरै भए पनि हामी ठूलो क्रान्ति ल्याउन सकिन्छ, ल्याउनुपर्छ, त्यसका निम्ति काम गर्नुपर्छ भन्ने स्पष्ट भिजन हुन्थ्यो र हामी अगाडि जान्थ्यो तर अहिले चाहिँ त्यस्तो छैन । अब समाजवादी क्रान्ति त भनिएको छ तर समाजवादी क्रान्ति भनेकै कस्तो खाले क्रान्ति हो त ? अहिले २१औं शताब्दीमा, विश्वमा भएको विकासको सम्पूर्ण सश्लेषणसहित नेपालमा समाजवादी क्रान्ति अब यसरी गर्ने हो भन्ने कुराको स्पष्ट चित्र तपाईं हामी सबैको दिमागमा क्लीयर छैन । कस्तो कस्तो भन्या जस्तो । अथवा अहिलेको हाम्रो समाजवादी क्रान्तिको रणनीति अन्तर्गत हामीले अपनाउनुपर्ने अर्थनीति के चाहिँ हो त ? तत्कालको कार्यनीतिक हिसाबले कस्तो अर्थतन्त्रबाट विकास गरेर राष्ट्रिय र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने, राष्ट्रिय पुँजीको विकास गर्ने भन्ने कुराको स्पष्ट चित्र अनि हाम्रो राजनीतिक कार्यनीति कस्तो हुने ? हामीले समाजवादउन्मुख जनवाद भनेर तत्कालका लागि भन्या थ्यौ तर त्यो त्यति स्पष्ट छैन । अहिले पनि हामी राजनीतिक तात्कालिक कार्यनीति के हुने ? रणनीति के हो ? त्यो प्राप्त गर्न संगठनात्मक संरचना र आचारण कस्तो हुने ? आचरण अरुको जस्तै जस्तै भएपनि हुने, कार्यशैली अरुको जस्तै भएपनि हुने । कुरा मात्रै समाजवादी क्रान्ति गर्ने भनेर हुने हो कि ? समाजवादी क्रान्ति गर्ने भनेपछि समाजवादी क्रान्ति अनुकूलको मौलिक आचरण पनि हुनुपर्ने हो ? हामी सबै पदका निम्ति, प्रतिष्ठाका निम्ति, पैसाका निम्ति चाहिँ अरु जस्तै गर्ने हो भने त हामीलाई जनताले किन भरोसा गर्ने ? किन विश्वास गर्ने ? जनताले हामीलाई के आशा गर्ने ? उस्तै त छन् यिनीहरू । यिनीहरू पनि उही त्यही ठेक्कापट्टाको पछि दौड्या छन्, कमिसनका पछि दौड्याछन्, ठेकेदार खोज्दै हिँड्याछन् । पैसा पाए यिनले झन् बढी उ गर्छन् भन्ने पर्‍यो भने ... ।’


Advertisment
Nabil box
Kumari

उनले नयाँ मन्त्रीलाई सकेसम्म आज सोमवारै शपथ ग्रहण गराइने बताए । भेलामा धेरै बोल्न समय अभाव भएको बताउँदै प्रचण्डले भने, ‘मलाई समयको दबाब पर्‍या छ, एकातिर क्याबिनेट सकेसम्म आजै शपथ ग्रहण गराउने भन्ने कोसिस अझै पनि छ, नभए पनि आज टुंग्याउन भन्ने भएको हुनाले म छिटो जानुपर्ने अवस्था छ ।’

Vianet communication

कम्युनिस्ट आन्दोलन विरोधी गठबन्धनविरुद्ध संघर्ष गर्न नयाँ गठबन्धन बनाइएको उनले बताए । अध्यक्ष प्रचण्डले भने, ‘नयाँ गठबन्धन, त्यसो उद्देश्य गणतान्त्रिक संविधानको रक्षा गर्नु, लोकतन्त्रको रक्षा गर्नु, राष्ट्रियताको रक्षा र स्वाधिनताको सुदृढीकरण गर्नु हो । त्यो प्रतिगामी, विघटनकारी, कम्युनिस्ट आन्दोलन विरोधी, विसर्जनवादी निरंकुश प्रवृत्तिविरुद्ध नयाँ संघर्ष गर्‍यौं र आजको स्थितिमा आइपुगेका छौं ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x