१९ असार २०८३, शुक्रबार

उत्तर कोरियाले किन दियो राष्ट्रसंघलाई धम्की ?

असोज १८, २०७८
उत्तर कोरियाले किन दियो राष्ट्रसंघलाई धम्की ?

उत्तर कोरियाले एक बयान जारी गरेर संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्लाई चेतावनी दिएको छ । 

आणविक कार्यक्रमका विषयमा उत्तर कोरियाले धम्की दिएको हो । 

सुरक्षा परिषद्को बैठकमा उत्तरको क्षेप्यास्त्र कार्यक्रमका विषयमा चिन्ता व्यक्त गरिएको थियो । सुरक्षा परिषद्को प्रस्ताव पूरै पालन गर्दै उत्तरको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षणमा रोक लगाउन पनि भनिएको छ । 

त्यसपछि उत्तर कोरिया रिसाएर राष्ट्रसंघलाई चेतावनी दिएको हो । 

उत्तरको परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी जो चोल सुले उत्तर कोरियाको सम्प्रभुतामा अतिक्रमण गर्ने प्रयासको परिणाम भविष्यमा के हुन्छ भनी सुरक्षा परिषद्ले बुझ्नुपर्छ भने । सुरक्षा परिषद्ले दोहोर मापदण्ड अपनाएको किनकि अमेरिका र उसका सहयोगी देशले हतियार परीक्षण गर्दा त्यसलाई मुद्दा नबनाउने गरिएको उनको भनाइ छ । 

उत्तर कोरियाले हालैका दिनमा ब्यालिस्टिक क्षेप्यास्त्रको परीक्षण गरेपछि राष्ट्रसंघले आकस्मिक बैठक बोलाएको थियो । उत्तरले क्षेप्यास्त्र परीक्षण जारी रहने बताएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्