१९ असार २०८३, शुक्रबार

नेप्सेमा गिरावट, कारोबार रकम पनि घट्यो

असोज १८, २०७८
नेप्सेमा गिरावट, कारोबार रकम पनि घट्यो
प्रतिकात्मक तस्वीर

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमवार ६ अंक बढीले ओरालो लागेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६ दशमलव ६८ अंकले घटेर २ हजार ५७० दशमलव ८१ अंकमा पुगेको छ ।
 
ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलव २८ अंकले घटेर ४८४ दशमलव ९८ अंकमा पुगेको छ । नेप्से परिसुचकसँगै कारोबार रकममा समेत गिरावट आएको छ ।

कूल २२७ कम्पनीको ७६ लाख ५३ हजार २२० कित्ता शेयर ३ अर्ब ६२ करोड ७७ लाख ९९ हजार ९३५ रुपैयाँमा खरिद बिक्री भएको छ । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये सोमवार ४ उपसमूहका शेयर उकालो लागेका छन् ।

होटल तथा पर्यटन १२ दशमलव ८, जीवन बीमा ५ दशमलव ६२, लघुवित्त ७२ र अन्य २१ दशमलव ६१ अंकले बढेका छन् । 

बैंकिङ ३ दशमलव ८८, विकास बैंक ८६ दशमलव ४, वित्त ५२ दशमलव ९३, जलविद्युुत् ६५ दशमलव ०८, लगानी ० दशमलव ६४, उत्पादन ३२ दशमलव ४३, सामूहिक लगानी कोष ० दशमलव १०, निर्जीवन बीमा १३ दशमलव १७ अंकले घटेका छन् ।

कारोबारका आधारमा सोमवार युनाइटेड मोदी हाईड्रोपावर लिमिटेड शीर्ष स्थानमा रहेको छ । कम्पनीको १२ करोड १२ लाख १६ हजार ७७४ मूल्य बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो । नेपाल बैंक लिमिटेड ११ करोड ३५ लाख १४ हजार ९८६, हिमालयन डिस्टिलरी १० करोड २९ लाख ९६ हजार ८३९, नेसनल हाईड्रोपावर ९ करोड ५४ लाख १३ हजार ६७८ रुपैयाँ र रैराङ्ग हाईड्रोपावर ९ करोड २२ लाख ७४ हजार ३१ मूल्यमा कारोबार भई शीर्ष ५ स्थानमा रहेका छन् ।

नेप्सेका अनुसार कारोबारका आधारमा आशा लघुवित्त वित्तीय संस्था कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । मैलुङ खोला  जलविद्युत् कम्पनी, सपोर्ट लघुवित्त, मिथिला लघुवित्त, महिला लघुवित्तका लगानीकर्ताले ९ प्रतिशतभन्दा बढीले कमाएका छन् ।

सोमवारको कारोबारमा मनकामना स्मार्ट लघुवित्त ९ दशमलव ३८, दिव्यश्वरी हाईड्रोपावर ७ दशमलव १९  राधि विद्युत् कम्पनी ६ दशमलव ५७, माउन्टेन हाइड्रोपावर ६ दशमलव २३ र ङादी ग्रूप पावर लिमिटेडका लगानीकर्ताले ६ दशमलव ०८ प्रतिशतले गुमाए ।

शेयर कारोबार हुने हप्ताको दोस्रो दिनमा आइपुग्दा बजार पूँजीकरण घटेर ३५ खर्ब ९८ अर्ब ६८ करोड ६८ लाख ८० हजार रुपैयाँको हाराहारीमा ओर्लेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्