
नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा झडप भएको छ ।
सम्मेलनको अन्तिम दिन बन्दसत्रमा झडप र कुर्सी तोडफोड भएको छ ।
बन्दसत्रपछि कार्की बैंक्वेटमा पत्रकार सम्मेलन गरेर नेतृत्व घोषणा गर्ने भनिएको थियो । क्रान्तिकारीका केही नेताहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्ष बनाएकी पञ्चा सिंहलाई नेता नमान्ने भनेर विवाद गरेपछि झडप भएको छ ।
विद्यार्थी नेताहरूले कार्की बैंक्वेटको कुर्सी तोडफोड गरेका छन् भने नेतृत्व घोषणा हुन नसकेर कार्यक्रम बिथोलिएको छ ।
प्रचण्डले नेतृत्व घोषणा गर्ने भए केन्द्रीय सदस्य पनि प्रचण्डले नै छान्नुपर्ने भन्दै विद्यार्थी नेताहरू तोडफोड र झडपमा उत्रिएका छन् ।