२० असार २०८३, शनिबार

अमेरिकी राजदूतलगत्तै चिनियाँ राजदूतले पनि भेटिन् परराष्ट्रमन्त्री खड्का

अमेरिकी राजदूतलगत्तै चिनियाँ राजदूतले पनि भेटिन् परराष्ट्रमन्त्री खड्का

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले भेटेलगत्तै परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले समेत भेटवार्ता गरेकी छन् ।

नवनियुक्त परराष्ट्रमन्त्री खड्कासँग शिष्टाचार भेट गर्न राजदूत होउ सोमवार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेकी हुन् ।

मन्त्रालयका अनुसार मन्त्री खड्का र राजदूत होउबीच द्विपक्षीय विविध विषयमा छलफल भएको छ । कोरोना भाइरस विरुद्धको खोप सम्बन्धमा सहकार्य गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्