
साफ च्याम्पियनसिप फुटबलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ। माल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा गएराति भएको आफ्नो दोस्रो खेलमा नेपालले श्रलंकालाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।
नेपालका लागि ३१औं मिनेटमा गोल गर्दै सुमन लामाले नेपाललाई अग्रता दिलाएका थिए । त्यसपछि ५१ औं मिनेटमा अन्जन विष्टले आयुष घलानले ८५ औं मिनेटमा गोल गरे ।
यस्तै खेलको ५७ औं मिनेटमा श्रीलंकाका माभिन हमिल्टनले गोल गरे । खेलको अतिरिक्त समयमा श्रीलंकका डिलन डि सिल्भाले पेनाल्टी मार्फत गोल गरेपनि हार टरेन
यसअघि पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।