०७ असार २०८३, आइतबार

साफ च्याम्पियनसिपः नेपालले श्रीलंकालाई हरायो

साफ च्याम्पियनसिपः नेपालले श्रीलंकालाई हरायो

साफ च्याम्पियनसिप फुटबलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ।  माल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा गएराति भएको आफ्नो दोस्रो खेलमा नेपालले श्रलंकालाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

नेपालका लागि ३१औं मिनेटमा गोल गर्दै सुमन लामाले नेपाललाई  अग्रता दिलाएका थिए । त्यसपछि ५१ औं मिनेटमा अन्जन विष्टले आयुष घलानले ८५ औं मिनेटमा गोल गरे ।

यस्तै खेलको ५७ औं मिनेटमा श्रीलंकाका माभिन हमिल्टनले गोल गरे । खेलको अतिरिक्त समयमा श्रीलंकका डिलन डि सिल्भाले पेनाल्टी मार्फत गोल गरेपनि हार टरेन

यसअघि पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्