०३ असार २०८३, बुधबार

वैदेशिक रोजगारमा जानेलाई पनि पेन्सन

असोज १९, २०७८
वैदेशिक रोजगारमा जानेलाई पनि पेन्सन

वैदेशिक  रोजगारमा  जानेले  पनि  चाहेमा स्वदेशमा पेन्सन पाउन सक्ने भएका छन् ।  विदेशमा गरेको कमाइको केही अंश  बचत  गरेर  उनीहरूले  स्वदेश  फिर्ता  भएपछि  पेन्सनका  रूपमा  उक्त रकम पाउन सक्ने योजना नागरिक लगानी कोषले ल्याएको छ।  यस  विषयमा  नागरिक  लगानी  कोष  र  आईएमई  लिमिटेडबीच समझदारी  भएको  छ ।  समझदारीअनुसार  वैदेशिक  रोजगारीमा  रहेका नेपालीले सहज रूपमा नागरिक पेन्सन योजनामा सहभागी हुन रकम जम्मा गर्नसक्ने नागरिक कोषले जनाएको छ।  विदेशमा  रहेका  नेपालीलाई  नागरिक  पेन्सन  योजनामा  आबद्ध  गर्न ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि)को प्राविधिक सहयोगमा कोष र  रेमिट्यान्स  कम्पनीको  सफ्टवेयरलाई  आबद्धता  गर्ने  सफ्टवेयर  निर्माण गरेको  कोषले  जानकारी  दिएको  छ।   गोरखापत्रमा खबर छ ।  

salt training

कमेन्ट गर्नुहोस्