२२ जेठ २०८३, शुक्रबार

मोटरसाइकल चोरी गर्ने ४ जना पक्राउ

असोज १९, २०७८
मोटरसाइकल चोरी गर्ने ४ जना पक्राउ
प्रतिकात्मक तस्वीर

मोटरसाइकल चोरीको आरोपमा स्याङ्जामा ४ जना पक्राउ परेका छन् ।

वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक हरिप्रसाद पौडेलको नेतृत्वमा खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

विभिन्न मितिमा ७ मोटरसाइकल र २ वटा स्कुटर चोरी गर्ने कार्यमा संलग्न रुपन्देहीका बुटवल उपमहानगरपालिका–१२ बस्ने ३४ वर्षीय विष्णुबहादुर नेपाली, सोही स्थानका २८ वर्षीय प्रकाश सुन्धौली, स्याङ्जाको भिरकोट नगरपालिका–२ बस्ने २० वर्षीय विप्लव श्रेष्ठ र सोही स्थानका २० वर्षीय ज्ञानबहादुर गुरुङ रहेका छन् ।

पक्राउ परेकाहरूलाई चोरी मुद्दा दर्ता गरी स्याङ्जा जिल्ला अदालत स्याङ्जाबाट म्याद थप गरी अनुसन्धान शुरू गरिएको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्