०८ असार २०८३, सोमबार

छुट्टाछुट्टै ठाउँमा तीन जनाको शव फेला

छुट्टाछुट्टै ठाउँमा तीन जनाको शव फेला

कञ्चनपुर, बाँके र कास्कीमा गरी मंगलवार तीन जनाको शव फेला परेको छ । 

कञ्चनपुर, बेदकोट नगरपालिका-१ रडाह बस्ने ४२ वर्षीय राज बहादुर शाह आफ्नै घर नजिक रहेको जंगलमा मंगलवार मृत अवस्थामा फेला परेका छन् । 

त्यस्तै बाँके, नेपालगंज उपमहानगरपालिका-१ बस्ने बर्दिया राजापुर नगरपालिका-५ पहाडीपुर घर भएका २१ वर्षीय रोहित थारु आफ्नै कोठा नजिक रहेको गायत्री मन्दिर ‍नजिक खुला चौरमा मंगलवार मृत अवस्थामा फेला परेको बाँके प्रहरीले जनाएको छ । 

कास्की, पोखरा महानगरपालिका-९ नयाँबजार सिद्ध मार्गस्थित ढल झर्ने खोचमा हाल नाम, थर, वतन नखुलेका करीब ४५ वर्षीय पुरुष मंगलवार मृत अवस्थामा फेला परेका छन् । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्