
लगातार ओरालो लागेको धितोपत्र बजारमा मंगलवार सुधार देखिएको छ ।
शेयर कारोबार मापक नेप्से परिसूचकमा मंगलवार दोहोरो अंकले वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलवार नेप्से परिसूचक ४१ दशमलव ८४ अंकले उकालो लागेर २ हजार ६१२.६५ मा पुगेको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७ दशमलव ०४ विन्दुले बढेर ४९२ दशमलव ०३ मा पुगेको छ ।
नेप्से सूचक १ प्रतिशतभन्दा धेरैले बढे पनि कारोबार रकममा भने सुधार हुन सकेन । कूल २२३ कम्पनीको ५८ लाख ४२ हजार १३५ कित्ता शेयर २ अर्ब ९९ करोड ६८ लाख १९ हजार ६८३ मूल्यमा खरिद बिक्री भए ।
नेप्सेमा कारोबार भएका कूल १३ उपसमूहमध्ये व्यापार ५६ दशमलव ०५ अंकले घटेको छ । बाँकी बैंकिङ १८ दशमलव ७४, होटल तथा पर्यटन ३६ दशमलव ५, विकास बैंक १४० दशमदव ९१, जलविद्युत् ६० दशमलव ४४, वित्त ८६ दशमलव ९८, निर्जीवन बीमा २६५ दशमलव ६८, उत्पादन १०७ दशमलव ७५, अन्य १० दशमलव ८१, लघुवित्त १३६ दशमलव ४, जीवन बीमा ३०७ दशमलव ६६, सामूहिक लगानी कोष शून्य दशमलव १३ र लगानी शून्य दशमलव ८९ विन्दुले उकालो लागेको छ ।
कारोबारका आधारमा मंगलवार शिखर इन्स्योरेन्सको प्रोमोटर शेयर शीर्षस्थानमा रह्यो । कम्पनीको १३ करोड ६६ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भयो । मेरो माइक्रोफाइनान्स लघुवित्त ११ करोड ८६ लाख ११ हजार ६२९ रुपैयाँ, हिमालयन डिस्टिलर ७ करोड ३४ लाख ९ हजार ९८३, सिटिजन्स बैंक ६ करोड ७२ लाख ३९ हजार ३४८ र रिडी हाइड्रोपावर कम्पनी ६ करोड ५० लाख ८१ हजार ७०७ बराबरको कारोबार भई शीर्ष ५ भित्र परेका छन् ।
कारोबारका आधारमा मंगलवार विभिन्न ७ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यसमा मल्टिपर्पस फाइनान्स, समता माइक्रोफाइनान्स, हिमालयन पावर पार्टनरको शेयरमूल्य १० प्रतिशतले बढेका छन् । मैलुङ खोला जलविद्युत्को ९ दशमलव ९७, सिभिल लघुवित्त ९ दशमलव ९४, छ्याङ्दी हाइड्रोपावर ९ दशमलव ८९ र जनउत्थान सामुदायिक लघुवित्तको शेयरमूल्य ९ दशमलव ८४ प्रतिशतले बढेका छन् ।
नेप्सेमा मंगलवारको कारोबारमा एनआईसी एशिया लघुवित्तको शेयर कारोबारमा भने नकारात्मक सर्किट लागेको छ । मंगलवारको कारोबारमा रिलायन्स लाइफ इन्सुरेन्स ३ दशमलव ३२ प्रतिशत, माउन्टेन इनर्जी ३ दशमलव ३ प्रतिशत, साल्ट टे«डिङ २ दशमलव ६२ प्रतिशत र रिडी हाइड्रोपावर २ दशमलव १० प्रतिशतले घटेका छन् ।