×

NMB BANK
NIC ASIA

स्थानीयको आक्रोश : ‘सक्छौ पश्चिम सेती बनाऊ, नसक्ने भए राजनीति नगर !’

असोज १९, २०७८

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

सुदूरपश्चिम प्रदेशको गौरवको आयोजना पश्चिम सेती परियोजना निर्माणमा अझै अन्योलता कायमै छ । 

Muktinath Bank

पश्चिम सेती निर्माणका लागि सरकारी क्षेत्रबाट विभिन्न अनुगमन तथा सुपरीवेक्षण गरिए पनि परियोजना बन्ने कुनै छाँटकाँट नदेखिएपछि नागरिक अन्योलमा परेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पश्चिम सेती निर्माणका सम्बन्धमा आयोजनास्थल अनुगमन तथा सुरपरीवेक्षणका लागि असोज २ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको नेतृत्वमा लगानी बोर्डका प्रमुख सुशील भट्ट, ऊर्जा सचिव देवेन्द्र कार्कीलगायत प्राविधिक सहितको सरकारी टोली आएको थियो ।


Advertisment
Nabil box
Kumari

सरकारी टोलीले हालसम्म पनि पश्चिम सेती आयोजना बन्ने/नबन्ने विषयमा अहिलेसम्म खासै आधिकारिक धारणा नदिएका कारण नागरिकमा पश्चिम सेती बन्ने विषयमा आशंका पैदा भएको नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष दीर्घराज बोगटीले बताए ।

Vianet communication
Laxmi Bank

उनले भने, ‘पश्चिम सेती निर्माणका लागि भन्दै दर्जनौं पटक अनुगमन भइसके पनि बन्ने कुनै सुरसार छैन, सरकारी क्षेत्रबाट पश्चिम सेती बनाउने विषयमा चासो नै भएन ।’

जिल्लाको आदर्श गाउँपालिकाको तलारा र बैतडी जिल्लाको ढुंगाड क्षेत्रमा निर्माण हुने भनिएको सुदूरपश्चिमकै ठूलो जयाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना निर्माणमा वर्षौदेखि अन्योलता कायमै छ । कहिले कुनै देशले त कहिले कुनै संस्थाले निर्माण गर्ने भनिए पनि हालसम्म निर्माणको टुंगो नलाग्दा स्थानीयमा अन्योलता बढेको आदर्श गाउँपालिकाका स्थानीय टेकबहादुर रोकायाले बताए । 

उनले भने, ‘पश्चिम सेती बन्छ भनेर हामीलाई खाली सपनामात्रै देखाए, कसले बनाउने टुंगो नै लागेको छैन, नेताको मागी खाने भाँडो भयो पश्चिम सेती ।’

निर्माणकार्य कसले गर्ने भन्ने ठोस निर्णय नहुँदा यो आयोजना ‘एकादेशको कथा’ बन्न सक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । 

सुदूरपश्चिमको आर्थिक विकासको मेरुदण्डका रूपमा लिइएको ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजनामा राज्यबाट ठोस पहल नभएको भन्दै स्थानीयले गुनासो समेत गरेका छन् । यो आयोजना बने लोडसेडिङको मार खेपिरहेका जनतालाई अधिकतम लाभ र राहत दिने मात्र होइन, वर्षौंदेखि पिछडिएका, राज्यको मूलधारबाट समेत उपेक्षित जनतालाई लाभ पुग्ने दिपायल सिलगढी नगरपालिकाका नगर उपप्रमुख तथा नेकपा समाजवादीका नेता शिवराज खड्काले बताए ।

उनले भने, ‘परियोजना बन्ने हल्ला चलेको ३ दशक भइसकेको छ, दर्जनौं अनुगमन समेत भए, अहिलेसम्म केही काम भएको छैन, खै कहिले बन्ला, सपनामै रहने भो पश्चिमसेती ।’ 

पश्चिम सेती बन्ने हल्ला शुरू भएको समयमा जन्मेका मानिसलाई केही वर्षमै बुढ्यौली उमेरले छुँदैछ तर पश्चिम सेती बन्ने हल्ला हल्लामै मात्र सीमित रहेको शिखर नगरपालिका–१० का स्थानीय लोकबहादुर बलायरले बताए । उनले भने, ‘पश्चिम सेतीका नाममा धेरै राजनीति भयो, अब राजनीति गर्न छाडौं, कि पश्चिम सेती बनाउ, या त कुरै गर्न छोड्नुपर्छ ।’ 

पश्चिम सेती निर्माणका लागि उचित र उपयुक्त वातावरण सिर्जना गरी राजनीतिक नाफाघाटा नहेरी विवादरहित ढंगले काम शुरू गर्नुपर्ने स्थानीयको माग छ । केही वर्ष पहिले पश्चिम सेती बन्ने हल्लापछि ड्यामसाइड तथा प्रभावित हुने क्षेत्रमा सरकारी राहत पाउने आशामा जग्गाको कारोबार अधिक बढेको भए पनि पश्चिमसेती नबन्ने भएपछि अहिले जग्गाको कारोबारमा समेत गिरावट आएको स्थानीय बताउँछन् । 

पश्चिमसेती नबन्ने छाँटकाँट देखिएपछि स्थानीय पछिल्लो समय निकै निराश भएका छन् । नेपाल सरकारले आफ्नै लगानीमा उक्त जलाशययुक्त पश्चिम सेती निर्माण गर्ने दाबी गरे पनि स्थानीयमा सरकारले निर्माण गर्नेमा कुनै विश्वास नभएको आदर्श गाउँपालिकाका स्थानीय तथा नेविसंघका नेता गोविन्द खड्काले बताए ।

जलाशययुक्त पश्चिम सेती निर्माण गर्न चिनियाँ कम्पनी ‘थ्री गर्जेज’ तलारा आएर विभिन्न संरचना निर्माण गर्दा पश्चिम सेती बन्छ भनेर खुशी र ढुक्क भएका स्थानीय थ्री गर्जेजले पश्चिम सेती नबनाउने भन्दै २ वर्ष पहिले आफ्ना उपकरण लगेर गएसँगै निराश बनेका हुन् ।

पश्चिम सेती जलविद्युत् आयोजनाका नाममा वर्षेनी डोटीलगायत समग्र सुदूरपश्चिममा राजनीति हुन थालेको भन्दै यहाँका स्थानीय नेताहरूप्रति आक्रोशित हुन थालेका छन् । स्थानीय भन्छन्, ‘सक्छौ पश्चिम सेती बनाऊ, नसक्ने भए पश्चिम सेतीमा राजनीति नगर !’ – विमलबहादुर विष्ट/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x