२६ जेठ २०८३, मंगलबार

प्रहरीलाई देउवाको सुझाव- विद्युतीय माध्यमबाट विश्वभर फैलिएका अपराधका नयाँ प्रवृत्ति र शैलीप्रति चनाखो रहनू

असोज २०, २०७८
प्रहरीलाई देउवाको सुझाव- विद्युतीय माध्यमबाट विश्वभर फैलिएका अपराधका नयाँ प्रवृत्ति र शैलीप्रति चनाखो रहनू
फाइल तस्वीर।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरी शक्तिबाट प्रभावित नहुने र अनुसन्धान कार्यमा सम्झौता नगर्ने संगठन हो भन्नेमा आफू पूर्ण विश्वस्त रहेको बताएका छन् । 

प्रधानमन्त्री देउवाले कर्तव्यपालनामा नेपाल प्रहरी अझै उच्च मनोबलका साथ कार्यसम्पादनमा खटिने विश्वास पनि व्यक्ति गरे । 

‘निष्पक्ष अनुसन्धान कानूनी राज्यका आधार हुन्, यसले पीडितलाई न्याय दिलाउनुका साथै दण्डहीनताको अन्त्य गर्न सक्छ, शक्तिबाट प्रभावित नभइ निष्पक्ष अनुसन्धान कार्यमा नेपाल प्रहरीले सम्झौता गर्दैन भन्ने विश्वास लिएको छु,’ राजधानीमा आज आयोजित ६६ औँ प्रहरी दिवस समारोहमा प्रधानमन्त्री देउवाले भने । 

विज्ञान र प्रविधिको तीव्र विकास भइरहेको अवस्थामा संगठित एवं विद्युतीय सञ्जालमा आधारित भएर विश्वभर फैलिएका अपराधका नयाँ प्रवृत्ति र शैलीप्रति चनाखो रहन प्रधानमन्त्री देउवाले प्रहरीलाई सुझाव दिए । 

उनले प्रहरी संगठनले थालेका सुधारात्मक प्रयासका रचनात्मक कार्यलाई सफल तुल्याई संस्थागत विकासमार्फत प्रभावकारी सेवा प्रवाह गर्न आग्रह गरे । 

संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा सुरक्षा निकायलाई सक्षम, निष्पक्ष, पारदर्शी र उत्तरदायी रुपमा सञ्चालन गर्दै सुरक्षा अंगको व्यावसायिकतामा जोड दिने कुरा समावेश गरिएको सन्दर्भ जोड्दै प्रधानमन्त्री देउवाले प्रहरीको मनोबल उच्च बनाउने र साधनस्रोत उपलब्ध गराउने कुरामा सरकार संवेदनशील रहेको बताए । रासस

salt training

कमेन्ट गर्नुहोस्