१७ असार २०८३, बुधबार

अब कांग्रेसमा नेतृत्व गर्ने पालो काठमाडौंको हो : नेता सिंह

असोज २०, २०७८
अब कांग्रेसमा नेतृत्व गर्ने पालो काठमाडौंको हो : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औं महाधिवेशनबाट कांग्रेसलाई नयाँ ढंगबाट अगाडि बढाउनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस नागार्जुन नगर कार्यसमितिका नवनिर्वाचित पदाधिकारीको बुधवार बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उनले नयाँ युगमा पार्टीलाई नयाँ ढंगले अगाडि बढाउनुपर्ने बताए ।

‘स्थानीय तहदेखि नै कार्यक्रम बनाएर पार्टीलाई संस्थागत ढंगले अगाडि बढाउनुपर्छ,’ उनले भने । 

पार्टीका पूर्व महामन्त्री सिंहले पार्टीको १४औं महाधिवेशनपछि आर्थिक रूपमा जनतालाई बलियो बनाउने गरी कांग्रेसले कार्यक्रम अगाडि सार्नुपर्ने उल्लेख गर्दै आफू विद्यार्थी कालदेखि नै राजनीतिमा लागेकाले एक पटक कांग्रेस नेतृत्व गर्ने अवसर पाउनुपर्ने बताए ।

प्रजातन्त्र जोगाउन र पार्टीलाई संस्थागत गर्नका लागि आफू सभापतिमा लड्न लागेको उनको भनाइ छ । 

‘बुवा गणेशमानले राजनीतिमा त्याग गरे भनेर छोराले त्याग गर्नुपर्छ भन्ने छैन,’ नेता सिंहले भने । उनले राजनीतिलाई सेवाको रूपमा लिन समेत सबैलाई आग्रह गर्दै अब कांग्रेसमा नेतृत्व गर्ने पालो काठमाडौंको भएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्