
परराष्ट्रमन्त्री डा. नारायण खड्का र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेट भएको छ ।
भेटमा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध र कोरोनाविरुद्धको खोप कोभिशिल्डका बारेमा छलफल भएको थियो ।
आगामी हप्ताबाट कोभिशिल्ड खोप आपूर्ति हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।