पछिल्ला केही वर्षयता शरीरमा टाँसिने टाइट र छोटाछोटा लुगा लगाउने फेशन चलेको छ । तर अमेरिकामा टाइट हाफ पाइन्ट लगाएका कारण २५ वर्षीया युवतीले आईसीयूमा भर्ना हुनुपरेको खुलासा गरिएको छ ।
डेली मेलमा प्रकाशित रिपोर्टअनुसार उत्तरी क्यारोलिनाकी २५ वर्षीया समले टिकटकमा एक भिडियो शेयर गरेकी छन्, जसमा उनले टाइट पाइन्टका कारण छालामा गम्भीर संक्रमण देखिएको खुलासा गरेकी छन् ।
उनले भनेकी छन्, ‘३ वर्षअघि म प्रेमीका साथ डेटमा गएकी थिएँ । यसक्रममा प्रेमीले भनेपछि मैले टाइट हाफ पाइन्ट लगाएँ । लगातार ८ घण्टासम्म पाइन्ट लगाएर घर फर्किएपछि कम्मरमुनि दुखाइ भयो । हेर्दा त छालामा गम्भीर संक्रमण भएको रहेछ । पछि अस्पताल गएर आईसीयूमा भर्ना हुनुपर्यो ।’
अस्पतालमा उपचारका क्रममा समले पाइन्ट फुकालेर घाउ देखाउनु समेत परेको थियो, जुन उनका लागि अत्यन्तै खराब अनुभव थियो । उनले टाइट पाइन्ट नलगाउन समेत सुझाव दिएकी छन् ।