०८ असार २०८३, सोमबार

आफ्ना गुप्तचरहरू धमाधम मारिन थालेको सीआईएले गर्‍यो स्वीकार

असोज २०, २०७८
आफ्ना गुप्तचरहरू धमाधम मारिन थालेको सीआईएले गर्‍यो स्वीकार

अमेरिकाको गुप्तचर संस्था सीआईएले आफ्ना धेरै सूचनादाताहरू मारिएको, कब्जा गरिएको वा किनिएको स्वीकार गरेको छ ।

संसारभरि रहेका आफ्ना गुप्तचरहरूलाई गोप्य मेमो पठाएर सीआईएले यो स्वीकार गरेको हो । 

सीआईएका स्टेसन र बेसहरूमा पठाइएको मेमोमा प्रतिगुप्तचरी मिसन केन्द्रले कैयौं वर्षको केसको विश्लेषण गरेको जानकारी दिएको छ ।

मारिएका सूचनादाताहरूको यकिन संख्या मेमोमा दिइएको छ जबकि यस्तो गोप्य सूचना प्रायः शेयर गरिँदैन, द न्युयोर्क टाइम्सले लेखेको छ । 

चीन र इरानले सीआईएका गोप्य सञ्चारलाई ह्याक गरेर गुप्तचरहरू मारेको अनि अन्य गुप्तचरलाई अन्यत्रै सेटल गराउनुपरेको खुलासा पूर्वअधिकारीहरूले गरेका छन् । 

मेमोमा गुप्तचरहरूलाई राम्रो काम नगरेको, स्रोतलाई चाहिने भन्दा बढी विश्वास गरेको, विदेशी गुप्तचर संस्थाहरूलाई कम आँकेको र सुरक्षाभन्दा पनि मिसन सक्ने हतारोलाई प्राथमिकता दिएको अनि सम्भावित खतरामा उचित ध्यान नदिएको भनी आलोचना गरिएको छ । 

रुस, चीन, इरान र पाकिस्तानले हालैका वर्षमा सूचनादातालाई खोजेर मार्न सफलता पाएको र कहिलेकाहीँ डबल एजेन्ट बनाएको पनि पाइयो । 

इरान र चीनमा अमेरिकीहरू आफैंले सूचनादाताको जानकारी त्यस देशका गुप्तचर निकायलाई उपलब्ध गराएको विश्वास गुप्तचर अधिकारीहरूले गरेका छन् । 

अमेरिकाका प्रतिस्पर्धी मुलुकहरूको प्रतिआतंकवादी निकायहरूले बायोमेट्रिक स्क्यान, अनुहार पहिचान प्रविधि, कृत्रिम बौद्धिकता र ह्याकिङमार्फत सीआईएका अधिकारीहरूलाई पत्ता लगाएको पनि पाइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्