×
Bajaj Top
Khukuri
FONEPAY

खुलेआम जुहारी : लाजसरम केही रहेनछ – विपक्षी, दशैंमा मासु खाएर आउनुहोस् – मुख्यमन्त्री

विराटनगर | असोज २०, २०७८

NTC
TVS INSIDE

१ नम्बर प्रदेशमा सत्तापक्ष र प्रतिपक्षबीच औपचारिक कार्यक्रममा जुहारी चलेको छ ।

Sanima Bank
morang Auto yamaha

बुधवार प्रदेशसभा भवन उद्घाटन कार्यक्रममा सत्तापक्षका नेता र प्रतिपक्षी दलका नेताबीच जुहारी चलेको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

सभामुख प्रदीपकुमार भण्डारीले बोलाएको कार्यक्रममा बोल्ने नेताको भाषणले मञ्चलाई रोमाञ्चक नै बनायो । शुरूमा बोलका प्रतिपक्षी दलका नेता मुख्यमन्त्रीमाथि खनिएका थिए ।

‘लाजसरम केही रहेनछ, नाङ्गै भइसक्दा पनि विभिन्न बहानामा लाज छोपिरहेका छन्,’ नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राईले भने, ‘केन्द्रमा पाटी फुटिसके पनि गाउँमा फुटेको छैन भन्दै यो सरकार बसिरहेको छ । योभन्दा लाजमर्दो के हुन्छ ?’

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

नेकपा माआवादी संसदीय दलका नेता इन्द्र आङ्वोले मुख्यमन्त्री निष्ठाको राजनीति गर्ने भए पनि आसेपासेले बिगारेको आरोप लगाए । उनले आचार्यलाई संविधान पढ्न समेत सुझाव दिए ।

विपक्षी गठबन्धनका नेताहरूले मुख्यमन्त्रीलाई राजीनामा दिएर नयाँ सरकार बनाउने बाटो खुला गरिदिन आग्रह गरे । ‘सरकार गठन गर्ने बाटो खुला गरेर मार्गप्रशस्त बनाइदिएर आफ्नो इज्जत र प्रतिष्ठा जोगाउन आग्रह गर्छौैं,’ नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले भने, ‘अझै समय छ आफ्नो राजनीतिक जीवनलाई धमिलो बनाएर नजानुहोस् भन्ने मेरो आग्रह छ ।’

कार्यक्रमको अन्तिममा बोलका मुख्यमन्त्री आचार्यले पनि दलका नेताहरूलाई रामै्र जावफ फर्काए । उनले भने, ‘कानून पढ्न भन्ने नेताहरूले संसदीय मर्यादा भुल्नु हुँदैन, गिरेर बोल्नु हुँदैन ।’

आचार्यले आफूलाई पनि भाषण गर्न आउने भए पनि गिरेर नबोल्ने बताए । ‘दशैंमा मासु खाएर ठन्डा दिमाग बनाएर आउनुहोस् अनि बसेर छलफल गरौं,’ उनले भने । उनले दशैंअघि विश्वासको मत नलिने संकेत समेत गरेका छन् ।

विपक्षी गठबन्धनका ४ नेता एकै ठाउँमा 

कार्यक्रममा मुख्यमन्त्री आचार्यसहित मन्त्रीहरूका लागि  सोफाको व्यवस्था गरिएको थियो । मुख्यमन्त्रीको अगाडिपट्टि संसदीय दलका नेताहरू बसेका थिए । एमाले फुटेर नेकपा एकीकृत समाजवादी बनेपछि राजेन्द्र राई र भीम आचार्य औपचारिक कार्यक्रममा पहिलोपटक आमनेसामने भएका थिए । दुवै जनाले हेराहेर गरे पनि बोलचाल भएन ।

नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्की, नेकपा एसका संसदीय दलका नेता राजेन्द्र राई, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङवो, जनता समाजवादी पार्टी संसदीय दलका नेता जयराम यादव लगायत विपक्षी गठबन्धनका नेताहरू एकै ठाउँमा बसेर फोटो खिचाइरहेका थिए ।

प्रदेश सरकारको कूल ३ करोड १० लाख १८ हजार ३६८ रुपैयाँ खर्च गरेर नयाँ भवन निर्माण गरिएको हो । नवनिर्मित भवनमा प्रदेशसभा सदस्यका लागि ११० वटा कुर्सी, टेबल र टेबलमै माइक जडान गरिएको छ । पत्रकारका लागि माथिल्लो तल्लामा बसाइ व्यवस्थापन गरिएको छ । दर्शकदीर्घामा कूल ४० जना, पत्रकारका लागि २० र कर्मचारीका लागि २० वटा कुर्सीको व्यवस्थापन गरिएको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले बताए । 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १०, २०७८

महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थीले बझाङको बित्थडचिर गाउँपालिका–८ का वडाध्यक्ष जयबहादुर मल्लमाथि कालोमोसो दलेका छन् । ‘भ्रष्टाचार...

माघ ११, २०७८

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य १९ पदका लागि बुधवार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको छ । शान्ति सुरक्षा, स्वास्थ्य मापदण्ड तथा निर्वाचनस्थल र केन्द्र निर्माणलगायत गर्नुपर्ने निर्वाचन व्यवस्थापनको सम्पूर्ण त...

माघ ११, २०७८

एमाले नेता योगेश कुमार भट्टराईले सरकारले कोरोनासँग आत्मसमर्पण गरिसकेको टिप्पणी गरेका छन् । उनले सरकारबाट केही आशा गर्न नसकिने दाबी गर्दै सबैले आफू बच्न र अरुलाई बचाउनतिर लाग्नुपर्ने धारणा समेत राखेका छन् । ...

माघ ११, २०७८

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो मौनता र शालिनतालाई कमजोरी ठान्ने पार्टीभित्र र बाहिरकालाई देखेर दया लाग्ने टिप्पणी गरेका छन् । पूर्व अध्यक्ष कमल थापाले नेतृत्वको आलोचना गरिरहेको बेला लिङ्देनले यस्तो जवाफ फर्...

माघ १०, २०७८

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले पार्टी महासचिवमा आफ्नो दाबी स्वभाविक भएको बताएका छन् । चीनमा स्वास्थ्योपचार गरी स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले आफू पहिले...

माघ १०, २०७८

कर्णाली प्रदेशलाई तुलनात्मक रूपमा गरीब प्रदेश मानिन्छ तर त्यहाँका मुख्यमन्त्री जीवनबहादुर शाहीका काठमाडौंदेखि ठाउँठाउँमा घरघडेरी रहेका छन् । मुख्यमन्त्री शाहीले भ्रष्टाचार निवारण ऐनअनुसार सार्वजनिक गरेको सम्पत्ति...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...