×

NMB BANK
NIC ASIA

खुलेआम जुहारी : लाजसरम केही रहेनछ – विपक्षी, दशैंमा मासु खाएर आउनुहोस् – मुख्यमन्त्री

असोज २०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

१ नम्बर प्रदेशमा सत्तापक्ष र प्रतिपक्षबीच औपचारिक कार्यक्रममा जुहारी चलेको छ ।

Sagarmatha Cement
Muktinath Bank

बुधवार प्रदेशसभा भवन उद्घाटन कार्यक्रममा सत्तापक्षका नेता र प्रतिपक्षी दलका नेताबीच जुहारी चलेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सभामुख प्रदीपकुमार भण्डारीले बोलाएको कार्यक्रममा बोल्ने नेताको भाषणले मञ्चलाई रोमाञ्चक नै बनायो । शुरूमा बोलका प्रतिपक्षी दलका नेता मुख्यमन्त्रीमाथि खनिएका थिए ।


Advertisment
Nabil box
Kumari

‘लाजसरम केही रहेनछ, नाङ्गै भइसक्दा पनि विभिन्न बहानामा लाज छोपिरहेका छन्,’ नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राईले भने, ‘केन्द्रमा पाटी फुटिसके पनि गाउँमा फुटेको छैन भन्दै यो सरकार बसिरहेको छ । योभन्दा लाजमर्दो के हुन्छ ?’

Vianet communication
Laxmi Bank

नेकपा माआवादी संसदीय दलका नेता इन्द्र आङ्वोले मुख्यमन्त्री निष्ठाको राजनीति गर्ने भए पनि आसेपासेले बिगारेको आरोप लगाए । उनले आचार्यलाई संविधान पढ्न समेत सुझाव दिए ।

विपक्षी गठबन्धनका नेताहरूले मुख्यमन्त्रीलाई राजीनामा दिएर नयाँ सरकार बनाउने बाटो खुला गरिदिन आग्रह गरे । ‘सरकार गठन गर्ने बाटो खुला गरेर मार्गप्रशस्त बनाइदिएर आफ्नो इज्जत र प्रतिष्ठा जोगाउन आग्रह गर्छौैं,’ नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले भने, ‘अझै समय छ आफ्नो राजनीतिक जीवनलाई धमिलो बनाएर नजानुहोस् भन्ने मेरो आग्रह छ ।’

कार्यक्रमको अन्तिममा बोलका मुख्यमन्त्री आचार्यले पनि दलका नेताहरूलाई रामै्र जावफ फर्काए । उनले भने, ‘कानून पढ्न भन्ने नेताहरूले संसदीय मर्यादा भुल्नु हुँदैन, गिरेर बोल्नु हुँदैन ।’

आचार्यले आफूलाई पनि भाषण गर्न आउने भए पनि गिरेर नबोल्ने बताए । ‘दशैंमा मासु खाएर ठन्डा दिमाग बनाएर आउनुहोस् अनि बसेर छलफल गरौं,’ उनले भने । उनले दशैंअघि विश्वासको मत नलिने संकेत समेत गरेका छन् ।

विपक्षी गठबन्धनका ४ नेता एकै ठाउँमा 

कार्यक्रममा मुख्यमन्त्री आचार्यसहित मन्त्रीहरूका लागि  सोफाको व्यवस्था गरिएको थियो । मुख्यमन्त्रीको अगाडिपट्टि संसदीय दलका नेताहरू बसेका थिए । एमाले फुटेर नेकपा एकीकृत समाजवादी बनेपछि राजेन्द्र राई र भीम आचार्य औपचारिक कार्यक्रममा पहिलोपटक आमनेसामने भएका थिए । दुवै जनाले हेराहेर गरे पनि बोलचाल भएन ।

नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्की, नेकपा एसका संसदीय दलका नेता राजेन्द्र राई, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङवो, जनता समाजवादी पार्टी संसदीय दलका नेता जयराम यादव लगायत विपक्षी गठबन्धनका नेताहरू एकै ठाउँमा बसेर फोटो खिचाइरहेका थिए ।

प्रदेश सरकारको कूल ३ करोड १० लाख १८ हजार ३६८ रुपैयाँ खर्च गरेर नयाँ भवन निर्माण गरिएको हो । नवनिर्मित भवनमा प्रदेशसभा सदस्यका लागि ११० वटा कुर्सी, टेबल र टेबलमै माइक जडान गरिएको छ । पत्रकारका लागि माथिल्लो तल्लामा बसाइ व्यवस्थापन गरिएको छ । दर्शकदीर्घामा कूल ४० जना, पत्रकारका लागि २० र कर्मचारीका लागि २० वटा कुर्सीको व्यवस्थापन गरिएको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x