
टाटा मोटर्सले आफ्नो प्रिमियम ह्याचब्याक टाटा अल्ट्रोज बिएस ६ को एक्सएम प्लस भेरियन्ट नेपालमा लन्च गर्ने घोषणा गरेको छ । कम्पनीले घटस्थापनाको दिन सो गाडी सार्वजनिक गर्न लागेको हो ।
नेपाली मूल्य ३५ लाख ९६ हजार पर्ने एक्सएम प्लस भेरियन्टमा अनेक रोमाञ्चक सुविधाहरू छन्, जसलाई पाएर ग्राहकहरू असाध्यै खुसी हुन्छन् ।
यसमा भएको एप्पल कार प्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी र १७.७८ सेमी टचस्क्रिन इन्फोटेन्मेन्टले ड्राइभिङको बेला ढुक्क र एडभान्स अनुभूति दिन्छन् ।
स्टेरिङ माउन्टेड कन्ट्रोल, भ्वाइस कमान्ड रिकग्निसन, स्टाइलाइज्ड ह्वील कभर र आर–१६ ह्वील र रिमोट फोल्डेबल चाबी । यी सबै सुविधाले ग्राहकलाई ड्राइभिङमा थप आनन्द दिन्छन् । हर कोही यात्राको क्रममा आनन्द र सहजताको खोजीमा हुन्छ, जसलाई अल्ट्रोजको एक्सएमप्लस भेरियन्टले पूरा गरिदिने कम्पनीको दावी छ ।
कुनै पनि गाडीको क्वालिटीमा मात्रै होइन, लुक्समा ग्राहकको पूरापूर ध्यान गइरहेको हुन्छ । गाडीको लुक्सलाई स्ट्रक्चरले मात्रै होइन, रङले पनि फरक पार्छ । अल्ट्रोजको एक्सएमप्लस भेरियन्ट हाई स्ट्रिट गोल्ड, डाउनटाउन रेड, एभेन्यु ह्वाइट र मिडटाउन ग्रे गरी चार रङमा उपलब्ध हुनेछ । यस्तो विकल्पले ‘चुजी’ ग्राहकसमेत आकर्षित गर्नेछ ।
पेट्रोल पावरट्र्ेनमा उपलब्ध यस भेरियन्टमा ग्राहकले साधारणतया प्रिमियम भेरियन्टमा मात्रै उपलब्ध हुने सुविधासमेत अल्ट्रोजको एक्सएमप्लस पाउनेछन् । यी सुविधाबाट लाभान्वित ग्राहकहरूका लागि अर्को महत्वपूर्ण फाइदा सूपथ सुपथ मूल्य पनि छ । यो आफैँमा आकर्षक त छँदै छ ।
सेप्टेम्बर २०२० मा लन्च गरिएको अल्ट्रोजले नेपालको प्रिमियम ह्याचब्याक बजारमा राम्रोस“ग सबैको ध्यान खिचेको सा“चो हो । त्यसपछि यस गाडीको स्टालिइस डिजाइन र सुगमतालाई सराहना गरिएको छ । र, सुरक्षाको श्रेणीमा यो सर्वश्रेष्ठ रहेकाले गाडी पारखीहरूद्वारा काफी प्रशंसा गरिएको हो । अल्ट्रोजले नेसनल लन्चको बेलामै प्राप्त गरेको पा“चतारे ग्लोबल एनसीएपी एडल्ट रेटिङ यसको सुरक्षाको बलियो प्रमाण बन्न पुगेको छ ।
अल्ट्रोज स्पोर्ट्स टाटा मोटर्सको इम्प्याक्ट डिजाइन २.० मा आधारित छ । र, यो अल्फा आर्किटेक्चरमा विकास गरिएको कम्पनीको पहिलो सवारी साधन पनि होे ।