२६ जेठ २०८३, मंगलबार

भारतले मिसाइल प्रतिरक्षा प्रणाली खरिद गर्न खोज्दा रिसायो अमेरिका, समस्या निम्तिने चेतावनी

असोज २१, २०७८
भारतले मिसाइल प्रतिरक्षा प्रणाली खरिद गर्न खोज्दा रिसायो अमेरिका, समस्या निम्तिने चेतावनी

भारतले एस–४०० मिसाइल प्रतिरक्षा प्रणाली खरिद गर्न खोज्दा अमेरिका रिसाएको छ ।

भारतले रुसबाट प्रतिरक्षा प्रणाली खरिद गर्न लागेकोमा अमेरिकाले आपत्ति जनाएको छ ।

राष्ट्रपति जो बाइडन प्रशासनका उच्च अधिकारी वेन्डी सर्मनले रुसबाट प्रतिरक्षा प्रणाली खरिद गर्ने भारतको निर्णयले अमेरिकासँगको सम्बन्धमा समस्या निम्तिने चेतावनी दिएका छन् । भारत र अमेरिका बलिया सहयात्री भएकाले वार्ताबाट समस्याको हल निकालिने आशा उनले गरे ।

‘एस–४०० मिसाइल प्रयोग गर्ने देशलाई लिएर हाम्रो सार्वजनिक नीति नै छ, हामीलाई लाग्छ कि यो खतरनाक छ र यो कसैको पनि सुरक्षा हितमा छैन,’ उनले भने ।

रुसबाटै प्रतिरक्षा प्रणाली खरिद गरेपछि अमेरिकाले टर्कीमाथि प्रतिबन्ध लगाएको थियो । सोही आधारमा प्रतिरक्षा प्रणाली खरिद गर्दा भारत–अमेरिका सम्बन्ध समेत बिग्रिने आशंका गर्न थालिएको छ ।

सर्मनले भारतका विदेश सचिव हर्ष शृंगलासँगको भेटवार्ताका क्रममा समेत अमेरिकाको असहजता दोहोर्‍याएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्