२१ जेठ २०८३, बिहीबार

गृहमन्त्री खाँणले गरे बाढीपहिरो प्रभावित मनाङको अनुगमन

असोज २१, २०७८
गृहमन्त्री खाँणले गरे बाढीपहिरो प्रभावित मनाङको अनुगमन

गृहमन्त्री बालकृष्ण खाँणले मनाङ जिल्लास्थित बाढीपहिरोले क्षति पुर्‍याएको क्षेत्रको बिहीवार अनुगनमन तथा निरीक्षण गरेका छन् ।

उनलाई प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले गत असारमा अकल्पनीय रूपमा गएको बाढीले जिल्लामा क्षति पुर्‍याएको संरचना तथा पुन निर्माणका बारेमा जानकारी गराएका थिए ।

सोही अवसरमा गृहमन्त्री खाँणले जिल्लास्थित सुरक्षा निकाय तथा कार्यालय प्रमुखसँग भेटघाट गरी सेवा प्रवाहलाई थप चुस्त बनाउन निर्देशन दिएका थिए ।

बाढीले सबैभन्दा बढी ताल गाउँमा  क्षति पुर्‍याएको थियो । 

सो अवसरमा पूर्व श्रमराज्य मन्त्री टेकबहादुर गुरुङले बाढी पहिरो प्रभावित जनताको जीविकोपार्जन तथा  ती क्षेत्रको पुननिर्माण गर्न सरकारसँग आग्रह गरे ।

salt training

कमेन्ट गर्नुहोस्