
मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बिहीवार पनि बस्दैछ ।
यसअघि नै मन्त्रालयको भागबण्डा टुंग्याएको भनिए पनि नेकपा (एकीकृत समाजवादी) त्यसप्रति असन्तुष्ट देखिएको छ ।
जसपाले पनि ४ वटा मात्र मन्त्रालय पाएकाले कसलाई मन्त्री बनाउने भन्ने टुंगो लगाउन सकेको छैन ।
सोही कारण मन्त्रिपरिषद् विस्तारअघि गठबन्धनका शीर्ष नेताहरू प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न छलफलमा जुट्न लागेका हुन् ।
मन्त्रिपरिषदमा कांग्रेसको भागमा ८, माओवादी केन्द्रको भागमा ५ र एकीकृत समाजवादी तथा जसपाको भागमा ४/४ मन्त्रालय परेका छन् ।
माओवादी, कांग्रेस र एकीकृत समाजवादी थप १/१ राज्यमन्त्री पनि चयन हुनेछन् ।
माओवादीले आफ्नो भागमा परेका मन्त्रालयमा मन्त्रीहरूको नाम टुंगो लगाइसकेको छ ।
अन्य तीन दलले भने मन्त्री छान्न सकेका छैनन् ।