×

NMB BANK
NIC ASIA

गठबन्धनमा विवाद

मन्त्रालय भागबण्डामा फेरि किचलो, आजलाई टर्‍यो मन्त्रिपरिषद् विस्तार

असोज २१, २०७८

NTC
फाइल फोटो
Premier Steels

बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकले मन्त्रिपरिषद् विस्तार शुक्रवार मात्रै गर्ने सहमति गरेको छ । 

Muktinath Bank

मन्त्रिपरिषद् विस्तारका लागि आन्तरिक तयारी नपुगेको भन्दै नेताहरूले शुक्रवार मात्रै सरकार विस्तार गर्ने सहमति गरेका प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दलहरूबीच मन्त्रालय भागबण्डामा कुरो मिल्न नसकेपछि मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो । राजनीतिक दलहरूले मन्त्री हुने व्यक्तिको टुंगो भने लगभग लगाइसकेका छन् ।


Advertisment
Nabil box
Kumari

सत्ता गठबन्धनमा सहभागी ५ दलमध्ये राष्ट्रिय जनमोर्चाले सरकारमा सहभागी नहुने बताएको छ । त्यसबाहेक कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ४/४ मन्त्रालय पाउने प्रारम्भिक सहमति भएको थियो ।

Vianet communication

त्यसमा पनि एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले पाएको मन्त्रालयमा असन्तुष्टि राखेको स्रोतले बताएको छ । असोज १९ गते भएको गठबन्धन बैठकले गठबन्धनमा रहेका दलहरूलाई मोटामोटी रूपमा मन्त्रालय भागबण्डा गरेको थियो ।

एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा दाबी गरेका थिए । पछि भौतिक मन्त्रालय जसपालाई दिने सहमति भएको थियो । 

एकीकृत समाजवादीले पर्यटन तथा नागरिक उड्डयन, शहरी विकास, कानून तथा संसदीय मामिला र श्रम तथा रोजगार मन्त्रालयसहित १ राज्यमन्त्री पाउने भएको थियो । 

जनता समाजवादी पार्टीले भौतिक पूर्वाधार तथा यातायात, वन तथा वातावरण, कृषि र सामान्य प्रशासन मन्त्रालय पाउने टुंगो लागेको थियो ।

बैठकमा प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी भएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x