३० जेठ २०८३, शनिबार

भारतीय माछा विस्थापित गर्न झापामा जिउँदो माछा बिक्री केन्द्र सञ्चालन

असोज २१, २०७८
भारतीय माछा विस्थापित गर्न झापामा जिउँदो माछा बिक्री केन्द्र सञ्चालन
प्रतिकात्मक तस्वीर

भारतीय माछा विस्थापित गर्ने उद्देश्यले झापा जिल्लाका ११ स्थानमा जिउँदो माछाको बिक्री केन्द्र बिहीवारदेखि सञ्चालनमा आएको छ ।

५ युवा मिलेर गाभुर एग्रो फार्म प्रालिमार्फत काँकरभिट्टा, इँटाभट्टा, धुलाबारी, भद्रपुर नगरपालिकाको झापा चोक र सगरमाथा चोक तथा बिर्तामोड नगरपालिका क्षेत्रका बिर्ताबजार, चारपाने, बुट्टाबारी, जात्रुबारी, अतिथि सदन रोड र स्याँलडाँगीमा केन्द्रहरू एकसाथ सञ्चालनमा ल्याएका छन् । 

स्वास्थ्यका दृष्टिकोणले निकै फाइदाजनक अग्र्यानिक जिउँदो ताजा माछा बिक्री केन्द्रको बिर्ताबजारमा उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेशका अध्यक्ष टीकाराज ढकालले उद्घाटन गरेका छन् ।

फर्मालिन प्रयोग गरेर हप्तौंपछि नेपाल भित्र्याइएका भारतीय मरेका माछाले उपभोक्ताको स्वास्थ्यमा गम्भीर किसिमका रोग लाग्न थालेको उपभोक्ताको गुनासो आएसँगै जिउँदो माछाको बिक्री केन्द्र सञ्चालनमा ल्याइएको गाभुर एग्रोका प्रबन्धक अभय राजवंशीले बताए ।

सरसफाइमा विशेष ध्यान दिँदै उपभोक्तालाई अग्र्यानिक ताजा माछा खुवाउने व्यवस्थित बिक्री केन्द्र सञ्चालनमा ल्याइएको केन्द्रमा पंघास, रहु, कमन कार्प, बिग हेड, पम्प्लेट, नैनीलगायतका माछा राखिएको उनले जानकारी दिए ।

माछालाई जिउँदो राख्नका लागि बिक्री केन्द्रमा सिसाका एक्वारियम बनाई अक्सिजन दिने व्यवस्था गरिएको छ । उनीहरूले सर्वोत्तम एग्रो सप्लायर्स प्रालि नामक अर्को एउटा कम्पनी समेत स्थापना गरी माछाको दाना पनि बिक्री गर्दै आएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्