३१ जेठ २०८३, आइतबार

१५ महिनामा ४२ सय जुवाडे पक्राउ, चाडबाडको समयमा धमाधम समातिन थाले जुवाडे

१५ महिनामा ४२ सय जुवाडे पक्राउ, चाडबाडको समयमा धमाधम समातिन थाले जुवाडे

काठमाडौं महानगरपालिका– १३ बाफल बस्ने ४० वर्षीय रिजु श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले बिहीवार १९ जनालाई पक्राउ गरेको छ । 

काठमाडौंको कोटेश्वर बस्दै आएका मकवानपुरको थाहा नगरपालिका– ६ का ३८ वर्षीय कविन्द्र बलामीलगायत १९ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेशकुमार बस्नेतले जनाकारी दिए । 

प्रहरीले उनीहरूको साथबाट नगद २ लाख ८६ हजार ६५ रुपैयाँ, ३३ थान कौडा, ७ बुक तास, २८ थान मोबाइल र १ थान चेक बुकसहितका सामान बरामद गरेको छ ।

यस्तै लमजुङको मध्यनेपाल नगरपालिका–२ सोतीपसल बस्ने धनवीर गुरुङको घरमा तास खेलिरहेको अवस्थामा ३९ वर्षीय सूर्यलाल पौडेल लगायत ९ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सोतीपसल र इलाका प्रहरी कार्यालय भोर्लेटारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७६ हजार १ सय ८० रुपैयाँ र ४ बुक ताससहित फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

कास्कीको पोखरा महानगरपालिका–८ सिमलचौर बस्ने २७ वर्षीया दिप्ती गुरुङको घरमा तास खेलिरहेको अवस्थामा गुरुङ लगायत ८ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

उनको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख ७ हजार ६ सय ४५ रुपैयाँ र २ सय ११ पत्ती ताससहित फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

चाडपर्व बढेसँगै जुवातास खेल्ने र खेलाउनेहरूलाई प्रहरीले दैनिक पक्राउ गरिरहेको छ । प्रहरीको विषेश सेफ्टी पिनअन्तर्गत जुवातास खेल्ने र खेलाउनेलाई निगरानी गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार पछिल्लो १५ महिनामा मात्रै देशभरमा ४ हजार २०१ जनालाई पक्राउ गरेको छ । 

आर्थिक वर्ष २०७७/०७८ मा ३ हजार ३३२ पुरुष, १ सय ८ जना महिला र १६ जना विदेशी गरी ३ हजार ४५६ जना पक्राउ परेका छन् । 

चालू आर्थिक वर्षको भदौ मसान्तसम्ममा ६९१ जना पुरुष, ४४ महिला र १० जना विदेशी नागरिक गरी ७ सय ४५ जना पक्राउ परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

जसमा अघिल्लो आर्थिक वर्ष अर्थात २०७७/०७८ मा ४९५ वटा मुद्दा र यो आर्थिक वर्षको भदौ मसान्तसम्ममा १ सय ८ गरी ६ सय ३ मुद्दा चलाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्