२३ असार २०८३, मंगलबार

नयाँदिल्ली पुग्यो डा. महत नेतृत्वको कांग्रेस टोली

नयाँदिल्ली पुग्यो डा. महत नेतृत्वको कांग्रेस टोली

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताहरूको टोली बिहीवार साँझ भारतको राजधानी नयाँदिल्ली पुगेको छ ।

सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा डा. महत नेतृत्वको टोली बिहीवार नयाँदिल्ली पुगेको हो ।

टोलीमा नेपाली कांग्रेसका नेताद्वय अजय चौरसिया र उदयशम्शेर राणा छन् । ५ दिनको भ्रमणका क्रममा उनीहरूले भारतीय जनता पार्टीका अध्यक्ष तथा नेताहरूका साथै भारतीय विदेशमन्त्रीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

पूर्व परराष्ट्रमन्त्री समेत रहेका सहमहामन्त्री डा. महतको आमन्त्रणामा केही हप्ताअघि भारतीय जनता पार्टीको विदेश विभागका प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आएका थिए । त्यस भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, सहमहामन्त्री डा. महतसहित नेपाली कांग्रेस र अन्य राजनीतिक दलका नेतासँग भेटवार्ता गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्