३० जेठ २०८३, शनिबार

लुम्बिनीको मन्त्रिपरिषद्लाई आज पूर्णता दिने तयारी, को-को बन्दैछन् मन्त्री ?

असोज २२, २०७८
लुम्बिनीको मन्त्रिपरिषद्लाई आज पूर्णता दिने तयारी, को-को बन्दैछन् मन्त्री ?

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कूलप्रसाद केसीले झण्डै दुुई महिनापछि मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका छन् । 

चार दलीय गठबन्धनबाट केसी २८ साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए । शपथ लिएलगत्तै सात सदस्यीय मन्त्रिमण्डल बनाएका थिए । 

केन्द्रमा शुक्रवार मन्त्रिमण्डल विस्तार भए लुम्बिनीमा पनि शुुक्रवार दिउसो ३ बजे मन्त्रिपरिषद्ले पूर्णता पाउने छ । लुम्बिनीमा जम्बो मन्त्रिपरिषद् बन्दैछ । 

माओवादीबाट ३ मन्त्रालय पाउने भए पनि एउटा मन्त्रालय नेकपा एकीकृत समाजवादीलाई दिनुपर्ने भएपछि अब माओवादी केन्द्रले दुुई मन्त्री र एक राज्यमन्त्री पाउने छ । मन्त्रीमा बर्दियाका तिलकराम शर्मा, दाङका ईन्द्रजित थारु बन्ने बताइएको छ । 

यद्यपि नामको अझै टुंगो लाग्न बाँकी रहेको माओवादी केन्द्रले जनाएको छ  । माओवादीले पाउने राज्यमन्त्रीमा दाङकी बिमला वली र कपिलवस्तुुकी सुस्मा यादवको नाम चर्चामा छ ।

यद्यपि राज्यमन्त्रीमा बिमला वली बन्ने सम्भावना बढी छ । उनी सूर्य चिह्नबाट उपनिर्वाचन जितेर माओवादी केन्द्र रोजेकी थिइन् । उनी पहिलो चरणमै मन्त्री बन्नेमा नाम भए पनि अन्तिममा आएर काटिएको थियो । 

माओवादीको भागमा मुख्यमन्त्री, आर्थिक मामिला तथा सहकारी, कानून महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक र स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय परेको छ । 

त्यस्तै पाल्पाका तुलाराम घर्ती पनि मन्त्री बन्न जोडबल गरेका छन् । उनी माओवादी केन्द्रको प्रमुख सचेतक हुन् । 

समाजवादीबाट रमा घर्ती मन्त्री बन्नेछिन् । उनी लुुम्बिनीमा एक मात्र सांसद छिन् । नेपाली कांग्रेसबाट रुपन्देहीका बसिउद्दिन खान र बाँकेका सुरेन्द्र हमालको नाम टुंगो लागिसकेको छ । अन्य दुई मन्त्री र दुई राज्यमन्त्रीको नाम कांग्रेसले टुंगो लगाउन बाँकी रहेको कांग्रेस प्रमुख सचेतक फकरुद्दिन खानले लोकान्तरलाई जानकारी दिए । 

दुुई मन्त्रीमा पाल्पाका वीरबहादुर राना र रुपन्देहीका अष्टभुजा पाठकलाई मन्त्री बनाउने विषयमा सहमति हुन बाँकी छ । दुुई राज्यमन्त्रीमा अर्घाखाँचीकी निर्मला क्षेत्री र रुपन्देहीका रमा अर्याल र कपिलवस्तुकी रीना नेपाल विकमध्ये कसलाई पठाउने भन्ने टुंगो लागेको छैन । 

कांग्रेसबाट दाङका पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री बनिसकेका छन् । 

१३ मन्त्रालय रहेको लुम्बिनी प्रदेशमा यसअघि मुख्यमन्त्रीसहित माओवादीका २, कांग्रेसका १, जसपाका ३ र स्वतन्त्र १ गरी ७ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो । 

जसपाले भौतिक पूर्वाधार, श्रम रोजगार तथा यातायात, कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था पाएको छ । त्यस्तै स्वतन्त्रका अजय शाही उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री छन् ।

salt training

कमेन्ट गर्नुहोस्