२९ असार २०८३, सोमबार

सुदूरपश्चिममा परिवर्तन सम्भव छ भन्दै रामचन्द्र पौडेलले भने- बाजुराले संकेत गर्‍यो, डडेल्धुराले सन्देश दिइसक्यो

सुदूरपश्चिममा परिवर्तन सम्भव छ भन्दै रामचन्द्र पौडेलले भने- बाजुराले संकेत गर्‍यो, डडेल्धुराले सन्देश दिइसक्यो
फाइल तस्वीर।

नेपाली कांग्रेस बाजुराको सातौं जिल्ला अधिवेशनबाट सभापतिमा रामसिंह रावल विजयी भएका छन् । रावल कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट हुन् । 

आफूपक्षीय नेताले जितेपछि उनले सुदूरपश्चिममा परिवर्तन सम्भव रहेको धारणा सार्वजनिक गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवाको प्रभुत्व रहेको सुदूरपश्चिममा आफूनिकट नेताले जितेपछि पौडेलले यस्तो धारणा सार्वजनिक गरेका हुन् । 

उनले देउवाको गृह जिल्ला डडेल्धुराले पनि परिवर्तनको सन्देश दिइसकेको दाबी गरे । 

ट्वीटरमा उनले लेखेका छन्– परिवर्तन सम्भव छ, सुदूरपश्चिममा पनि परिवर्तन सम्भव छ । बाजुरामा रामसिंह रावलको विजयले संकेत गरिसक्यो। डडेलधुराले सन्देश दिइसक्यो !

salt training

कमेन्ट गर्नुहोस्