१० साउन २०८३, आइतबार

संसदमा ४ पटक प्रत्यक्ष निर्वाचित विरोध खतिवडा पहिलो पटक मन्त्री बन्दै

संसदमा ४ पटक प्रत्यक्ष निर्वाचित विरोध खतिवडा पहिलो पटक मन्त्री बन्दै

मकवानपुरबाट ४ पटक प्रत्यक्ष निर्वाचित नेकपा एकीकृत समाजवादीका सचिव एवं प्रतिनिधि सभा सदस्य विरोध खतिवडा पहिलोपटक मन्त्री बन्ने भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी शहरी विकास मन्त्री बन्न लागेको स्रोतले बतायो । नेकपा एसले खतिवडाको नेतृत्वमा सरकारमा पठाउने निर्णय गरेको छ ।

प्रतिनिधि सभा निर्वाचन २०४८, २०५१ र २०५६ मा खतिवडा लगातार विजयी भएका थिए । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि उनी मकवानपुरबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । 

चारपटक एमालेबाट सांसद निर्वाचित भएका खतिवडा २०७८ भदौ २ मा नेकपा एमाले विभाजन गरेर नेकपा एसमा समाहित भएका थिए । २०४८ सालमा दमननाथ ढुंगाना तथा २०५१ सालमा रामचन्द्र पौडेल सभामुख रहेको समयमा पटक–पटक ‘नियमापत्ति’ गर्ने गरेकाले संसदभित्र उनको चर्चा हुने गरेको छ । 

२०३५ सालमा अखिलबाट राजनीति रू गरेका खतिवडा राजनीतिमा आउनुभन्दा अगाडि कानून व्यवसायमा संलग्न थिए ।

खतिवडाकी पत्नी मनु सिग्देल बागमती प्रदेश सभामा सदस्य छिन् भने उनकी छोरी श्रृंखला खतिवडा सन् २०१९ मा मिस नेपाल बनेकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्