२९ जेठ २०८३, शुक्रबार

अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि काम गर्ने दुई पत्रकारलाई नोबेल शान्ति पुरस्कार

असोज २२, २०७८
अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि काम गर्ने दुई पत्रकारलाई नोबेल शान्ति पुरस्कार

यस वर्षको नोबेल शान्ति पुरस्कार मारिया रेस्सा र दिमित्री मुरातोभलाई दिने घोषणा नर्वेजियन नोबेल कमिटीले शुक्रवार गरेको छ । 

लोकतन्त्र र दिगो शान्तिका लागि पूर्वशर्तका रूपमा रहेको अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि प्रयास गरेकोमा उनीहरूलाई पुरस्कृत गरिएको नोबेल कमिटीले जनाएको छ । 

दिमित्री मुरातोभले रुसमा विभिन्न चुनौतीका बावजूद दशकौंदेखि अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरिरहेका छन् । सन् १९९३ मा उनले स्वतन्त्र पत्रिका नोभाजा गजेटा शुरू गरेका थिए । 

नोभाजा गजेटाको तथ्यमा आधारित पत्रकारिता र व्यावसायिक मर्यादाले रुसी समाजका विभिन्न पक्षलाई उधिनेका छन् । यो पत्रिका शुरू भएदेखि अहिलेसम्म यसमा आबद्ध ६ जना पत्रकारको हत्या भइसकेको छ । 
 

प्रधानसम्पादक मुरातोभले पत्रिकाको स्वतन्त्र नीति परित्याग नगर्ने बताएका छन् । उनले पत्रकारको हकहितलाई लगातार प्रतिरक्षा गर्दै आएका छन् । 

अर्की विजेता मारिया रेस्साले आफ्नो देश फिलिपिन्समा शक्तिको दुरुपयोग, हिंसाको उपयोग र बढ्दो तानाशाहीलाई सार्वजनिक गर्नका लागि अभिव्यक्ति स्वतन्त्रता उपयोग गरिरहेकी छन् । 

उनले खोज पत्रकारिता गर्ने वेबसाइट र्‍यापलर चलाउने गरेकी छन् ।  
 

रेस्सा अभिव्यक्ति स्वतन्त्रताकी निडर प्रतिरक्षक हुन् । उनले राष्ट्रपति रोड्रिगो डुटेर्टेको शासनकालमा लागूपदार्थविरुद्ध चलाइएको विवादास्पद तथा हत्यारो अभियानप्रति विश्वको ध्यान आकर्षण गराएकी छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्