
पछिल्लो २४ घन्टामा ७६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६८८ नमूना परीक्षणमध्ये ७१५ पीसीआर र ४९ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ११ हजार २१० पुगेको छ ।
मन्त्रालयका अनुसार थप एक हजार ३३ जना संक्रमणमुक्त भएका छन् ।
यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ७४ हजार १७३ पुगेको छ ।
हाल मुलुकभर १५ हजार ६१४ सक्रिय संक्रमित छन् ।