२९ जेठ २०८३, शुक्रबार

आयो रमाईलो दशैं (कविता)

असोज २२, २०७८
आयो रमाईलो दशैं (कविता)

अच्युत मान सिंह प्रधान "उत्सुक

सबै नेपालीको घर घरमा, आयो रमाईलो दशै।

सबैको मन मनमा छायो, हर्ष र उमङ्ग ।

रातो माटो र गाईको गोबरले लिपेको छ, घर आँगन।

घरको आँगन अनि कम्पाउन्डमा, बाधेका छ् घोर्ले खसी।

भान्छा कोठामा पाकेका छ्न्, मिठा मिठा परिकारहरु।

चौरमा चचर हुइ गरि मचिरहेछ, लिङ्गे पिङ्ग।

आकाशलाई चुम्ला झै गरि उडिरहेका छ्न, चङ्गाहरु माथि माथि।

रमाई रहेका छ्न नयाँ लुगा लगाई, को भन्दा को राम्रो भनि।

भिड्भाड छ शक्तिपिठहरु सबै, श्रद्दालु भक्तजनहरुको।

टल्केको छ रातो टिका निधारमा अनि सजिएको छ जमरा केशमा।      

फर्केका छ्न परदेश गएकाहरु, मान्न यस पालिको दशै।

चहल पहल छ जता तत्तै, गाउ होस या शहर।

आफ्नो गक्ष र क्षमता अनुसार मनाउ, रमाईलो गरि दसै।

दशा नबनोस कसैको यस पालिको रमाईलो दशै।

टिका र जमरा लगाई, आर्शिरबाद लिऔ मान्यजनबाट।

बिजयको टिका लगाउ, अन्याय र अत्याचारको अन्त गरि।

 

salt training

कमेन्ट गर्नुहोस्