०२ असार २०८३, मंगलबार

दुर्घटनामा १ जनाको मृत्यु

असोज २२, २०७८
दुर्घटनामा १ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

रसुवाबाट काठमाडौं जाँदै गरेको यात्रु बसले शुक्रवार धादिङको धुनिबेशी नगरपालिका–७ नौविसेमा ठक्कर दिँदा १ जना पुरुषको मृत्यु भएको छ ।

बा५ख ६१५१ नम्बरको यात्रु बसले पैदलयात्री धुनिबेशी नगरपालिका–७ का ४० वर्षीय ज्ञानसागर लामालाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी धादिङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक जागेश्रवर भण्डारीले बताए ।

ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घनापछि मृतकका आफन्तले राजमार्गमा अवरोध गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्