काठमाडौं, १५ पुस — ब्राजिलको रियो दे जेनिरोमा जलेको एक गाडीभित्र भेटिएको शरीर ग्रिसेली राजदूतको हुनसक्ने ब्राजिली प्रहरीको आशंका छ । ग्रिसेली राजदूत किरियाकोस अमिरिदिस तीन दिनअघि बेपत्ता भएका थिए ।

गत सोमवार साँझ आफ्नी ब्राजिली श्रीमतीका साथीहरूको घरबाट बाहिर निस्किएपछि उनी गायब भएका थिए । राजदूतकी श्रीमतीले बुधवार उनी हराएको खबर प्रहरीलाई गरेकी थिइन् ।
राजदूत हराएको क्षेत्र नोभा इगुआचुमा जलेको सेतो कार देखिएको थियो । कारमा भएको लाइसेन्स प्लेट राजदूत अमिरिदिसको भाडाको गाडीको नम्बरसँग मेल खान्छ ।
ब्रासिलियास्थित ग्रिसेली दूतावासले राजदूत हराएको पुष्टि गरेको छैन । उनी रियोमा छुट्टी मनाउँदै गरेको र पुस २५ गतेसम्ममा फर्कने उसले बताएको छ ।
ब्राजिल र ग्रीसका विदेश मन्त्रालयले घटनामा टिप्पणी गरेका छैनन् ।
द गार्डियन