२६ असार २०८३, शुक्रबार

पदभन्दा व्यवस्थाका लागि लडेको व्यक्ति भएकाले पदमा बसिरहन उचित लागेन : गजेन्द्र हमाल

पदभन्दा व्यवस्थाका लागि लडेको व्यक्ति भएकाले पदमा बसिरहन उचित लागेन : गजेन्द्र हमाल

उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्री गजेन्द्र हमालले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको राजीनामा पत्रमा कानुनविद्हरुले नियुक्तिलाई अन्यायपूर्वक अन्यत्र जोडी समाचार संप्रेसित गरेको र यस्ता समाचारले आफ्नो वर्षौंसम्मको संघर्षको अवमूल्यन भएको उल्लेख गरेका छन् ।

लामो समयदेखि कांग्रेसको विभिन्न पदहरुमा सक्रिय रही बाँके जिल्लाको पार्टी सभापति समेत भएर काम गरेकाले पार्टीले सोही अनुसार मुल्यांकन गरेर मन्त्री पदमा नियुक्ति गरेको आफूले ठानेको उनले राजीनामा पत्रका उल्लेख गरेका छन् । 

‘हाल विभिन्न संचारमाध्यमहरुले संप्रेसित समाचार तथा कानुनविद्हरुले मेरो नियुक्तिलाई अन्यायपूर्वक अन्यत्र जोडी समाचार संप्रेसित गरेको र यस्ता समाचारले आफ्नो वर्षौंसम्म लोकतन्त्र, विधिको शासन तथा राज्यका निकायहरूबीच शक्ति पृथकीकरणको सिद्धान्तको लागि लडेको लडाइको समेत अवमूल्यन भएको बोध भएको छ’, उनले राजीनामा पत्रमा लेखेका छन्, ‘तर पनि मेरो नियुक्तिको विषयलाई लिएर प्रश्न उठेबाट म पदभन्दा व्यवस्थाका लागि लडेको व्यक्ति भएकाले यस्तो आशंकाकैबीच मन्त्रीपदमा बसिरहन उपयुक्त नलागेकाले मन्त्री पदबाट राजीनामा दिएको छु ।’ 

हमालले दिएको राजीनामा प्रधानमन्त्री देउवाले स्वीकृत गरिसकेका छन ।

salt training

कमेन्ट गर्नुहोस्