०८ असार २०८३, सोमबार

विभिन्न ठाउँमा भएको दुर्घटनामा ४ जनाको मृत्यु

विभिन्न ठाउँमा भएको दुर्घटनामा ४ जनाको मृत्यु

सप्तरी, बाँके, दैलेख र रूकुमपश्चिममा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । 

सप्तरी, खडक नगरपालिका-६ ईन्द्रचौतारी चोकस्थित सडकमा प्रदेश २-०१-००१ प ०३३४ नम्बरको मोटरसाइकललाई बा.३ ख ९६९० नम्बरको बसले शनिवार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार खडक नगरपालिका-९ सरपा बस्ने ३० वर्षीया गुल्लु खातुनको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएकी उनको गजेन्द्र नारायण सिंह अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकसहित २ जनाको युनिभर्सल अस्पताल कल्याणपुरमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

बाँके, राप्तिसोनारी गाउँपालिका-१ चप्परगौडीस्थित सडकमा लु.३ च ८८७ नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ११ वर्षीया मेनुका विकको शनिबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

दैलेख, दुल्लु नगरपालिका-१ दरबारे भिरस्थित सडकमा ना.६ ख ९२२ नम्बरको बस अनियन्त्रित भई शनिवार राति दुर्घटना हुँदा बसमा सवार अछाम पञ्चदेवल गाउँपालिका-९ बस्ने ७४ वर्षीय भक्तबहादुर शाहीको घटनास्थलमै मृत्यु भएको छ । हाल फरार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    रूकुम पश्चिम, सानोभेरी गाउँपालिका-११ स्थित अर्मा पाखा भन्ने स्थानमा ग.१ ज ४४५४ नम्बरको जीप  सडकबाट करीब १ सय मिटर तल खसेर आइतवार बिहान दुर्घटना हुँदा जिपमा सवार हाल पहिचान नखुलेका एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका जीप चालकसहित २ जनालाई उपचारका लागि मिसन अस्पताल चौरजहारी पठाइएको छ । 

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्