×

NMB BANK
NIC ASIA

विभिन्न ठाउँमा भएको दुर्घटनामा ४ जनाको मृत्यु

असोज २४, २०७८

NTC
Premier Steels

सप्तरी, बाँके, दैलेख र रूकुमपश्चिममा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । 

Muktinath Bank

सप्तरी, खडक नगरपालिका-६ ईन्द्रचौतारी चोकस्थित सडकमा प्रदेश २-०१-००१ प ०३३४ नम्बरको मोटरसाइकललाई बा.३ ख ९६९० नम्बरको बसले शनिवार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार खडक नगरपालिका-९ सरपा बस्ने ३० वर्षीया गुल्लु खातुनको मृत्यु भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुर्घटनामा गम्भीर घाइते भएकी उनको गजेन्द्र नारायण सिंह अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकसहित २ जनाको युनिभर्सल अस्पताल कल्याणपुरमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 


Advertisment
Nabil box
Kumari

बाँके, राप्तिसोनारी गाउँपालिका-१ चप्परगौडीस्थित सडकमा लु.३ च ८८७ नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ११ वर्षीया मेनुका विकको शनिबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

Vianet communication

दैलेख, दुल्लु नगरपालिका-१ दरबारे भिरस्थित सडकमा ना.६ ख ९२२ नम्बरको बस अनियन्त्रित भई शनिवार राति दुर्घटना हुँदा बसमा सवार अछाम पञ्चदेवल गाउँपालिका-९ बस्ने ७४ वर्षीय भक्तबहादुर शाहीको घटनास्थलमै मृत्यु भएको छ । हाल फरार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    रूकुम पश्चिम, सानोभेरी गाउँपालिका-११ स्थित अर्मा पाखा भन्ने स्थानमा ग.१ ज ४४५४ नम्बरको जीप  सडकबाट करीब १ सय मिटर तल खसेर आइतवार बिहान दुर्घटना हुँदा जिपमा सवार हाल पहिचान नखुलेका एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका जीप चालकसहित २ जनालाई उपचारका लागि मिसन अस्पताल चौरजहारी पठाइएको छ । 

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x