×

NMB BANK
NIC ASIA

नेपालमा पाकिस्तानीको मानव तस्करी धन्दा, बन्धक बनाएर २५ हजार डलर फिरौती माग

असोज २४, २०७८

NTC
Premier Steels

दुई पाकिस्तानी नागरिकलाई अपहरण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अपहरण गर्ने पनि पाकिस्तानी नागरिक नै रहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । 

Muktinath Bank

पक्राउ पर्नेमा जिहान महम्मद र ताज रिवाज रहेको परिसर ललितपुरकी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) किरण बज्राचार्यले जानकारी दिइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार असोज १८ गते बेलुका ललितपुरको धापाखेलस्थित सिभिल होम्सको घर नम्बर ४१७ मा दुई पाकिस्तानी नागरिकलाई बन्धक बनाइएको थियो । पाकिस्तानबाट युएईको शारजाह हुँदै नेपाल ल्याएर ती व्यक्तिहरूलाई बन्धक बनाइएको थियो । 


Advertisment
Nabil box
Kumari

प्रहरीका अनुसार क्यानडा आइपुगेको भन्दै पाकिस्तानमा रहेका आफन्तसँग बन्धक बनाउने व्यक्तिहरूले २५ हजार डलर माग गरेका थिए । 

Vianet communication

‘उनीहरूले नेपालको भूमि प्रयोग गरेर मानव तस्कर गर्न खोजेको देखिन्छ । हामी अनुसन्धान गरिरहेका छौं,’ एसएसपी बज्राचार्यले भनिन्, ‘उनीहरूले अन्य व्यक्तिहरूको पनि तस्करी गरेका छन् कि छैनन् भनेर अनुसन्धान भइरहेको छ ।’

प्रहरीले जिल्ला अदालत ललितपुरबाट शरीर बन्धक तथा अपहरणमा १५ दिनको म्याद थप गरेर अनुसन्धान थालेको छ । 

बन्धक बनाएको कोठाबाट डोरी, ब्लेड तथा रडलगायतका सामग्रीसमेत प्रहरीले बरामद गरेको छ । 

पीडितहरूले झ्यालबाट आफू अपहरण परेको भन्दै चिच्चाएपछि स्थानीयवासीले प्रहरीको १०० नम्बरमा फोन गरेर जानकारी दिएका थिए ।

प्रहरीका अनुसार पीडितहरूले पाकिस्तानीहरूले नै आफूहरूलाई बन्धक बनाएको भन्ने पक्राउ परेपछि मात्रै थाहा पाएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x