०७ साउन २०८३, बिहीबार

प्रदेश १ : प्रदेश सभामा विपक्षीको आक्रोश– कि त विश्वासको मत लिनुस्, कि मार्गप्रशस्त गर्नुस् !

प्रदेश १ : प्रदेश सभामा विपक्षीको आक्रोश– कि त विश्वासको मत लिनुस्, कि मार्गप्रशस्त गर्नुस् !

प्रदेश १ को विपक्षी गठबन्धनका दलहरू सभामुखसँग रुष्ट बनेका छन् ।

आज बसेको संसद बैठकमा बोल्ने प्रतिपक्षी दलका दुई सांसदले अल्पमतमा परेको सरकारले विश्वासको मत नलिएको भन्दै विपक्षीले सरकारको आलोचना गर्दै सरकारलाई नै साथ दिएको भन्दै सभामुखसँग समेत आक्रोश पोखेका छन् ।

प्रदेश सभाको विशेष समयमा बोल्दै नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्रकुमार राईले सरकारले लाजलाई छोप्ने कुनै उपाय बाँकी नराखेको टिप्पणी गरे ।

राईले सरकार संविधान र ऐन कानूनलाई नमान्ने गरी अराजक रूपमा अघि बढ्दा सभामुख मौन रहनुले आश्चर्य लागेको बताए ।

उनले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाइएन, सभामुखले सर्वदलीय बैठक बोलाउनुपर्दथ्याे किन बोलाइएन ? भन्दै सभामुखसँग प्रश्न गरे ।

विशेष समय लिएर बोल्दै नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले सभामुखको भूमिकाप्रति आशंका व्यक्त गरे ।

संविधानको परिपालना र कार्यान्वयनमा ध्यान दिन सभामुखलाई उनको आग्रह छ ।

विश्वासको मत लिन नसके मार्गप्रशस्त गर्न मुख्यमन्त्रीलाई उनले आग्रह गरेका छन् ।

आङ्बोले संविधानको रक्षा गर्नका लागि सरकारलाई रुलिङ गरेर विश्वासको मत लिने वातावरण बनाउन समेत सभामुखसँग आग्रह गरे ।

हिजो मात्रै सभामुख भण्डारीले मुख्यमन्त्रीले ५ गते विश्वासको मत लिनु हुने भयो, तपाईंहरूले मलाई सहजीकरण गरिदिनुपर्‍यो भन्दै गठबन्धन दलका नेताहरूलाई फोन गरेका थिए । 

सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश सभाको बैठक २५ गते दिउँसो २ बजेलाई बोलाएका छन् ।

कमेन्ट गर्नुहोस्