३० जेठ २०८३, शनिबार

रजीनाले यसरी रचेकी थिइन् आफ्नै श्रीमानको हत्या योजना

रजीनाले यसरी रचेकी थिइन् आफ्नै श्रीमानको हत्या योजना

ललितपुर वाग्मती गाउँपालिका–७ देवीचौरकी २८ वर्षीया रजीना भोलुनलाई श्रीमान् राजकुमार भोलुनले बेलाबेलामा मदिरा सेवन गरेर कुटपिट गर्थे । सामान्य ज्यामी काम गर्दै आएका उनीहरूको घरमा सामान्य झगडा भइनै रहन्थ्यो । 

उनीसँगै रजीनाकी साली सुनीता सिँतान र उनका भाइ ज्ञानबहादुर सिँतान पनि नजिकै बस्थे । भिनाजुले दिदीसँग गरेको व्यवहार उनीहरूले पनि नजिकैबाट नियालेका थिए । 

त्यसको प्रत्यक्ष साक्षी थिइन् ललितपुर गोदावरी नगरपालिका–१२, ठेचोकी रजीनाकी साथी ३० वर्षीया लक्ष्मी ब्लोन । एक दिन रजीनाले आफ्ना श्रीमान्लाई ठेगान लगाउने बताइन् । 

उनलाई साथी लक्ष्मीले आफूसँगै लिभिङ टुगेदर बस्ने प्रेमी गोदावरी नगरपालिका–११ का मनोज मगर भन्ने मनोज शाकी भएको उनी बलियो पनि भएकाले राजकुमारको हत्या गर्ने योजना सुनाइन् । त्यो रजीनालाई पनि चित्त बुझ्यो । 

लक्ष्मी र उनका प्रेमीले हत्या गरेबापत ५० हजार रूपैयाँ लिने र अग्रिम ५ हजार लिने योजना बनाए । उनीहरूले अग्रिम भुक्तानी बापतको पैसा लिए ।

योजना अनुरुप उनीहरूले राजकुमारको असोज ११ गते ललितपुरको प्यूटारमा धारिलो हतियारले टाउको र घाँटीमा प्रहार गरेर भागे । राजकुमारको मृत्यु भएपछि भाग्ने क्रममा मनोजकुमार गोदावरी नगरपालिका–७ देवीचौरको सलेनी खोल्सामा लडेर मृत्यु भयो । 

त्यसलगत्तै भागेका अन्यलाई महानगरीय प्रहरी परिसर ललितपुरले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

प्रहरीले हत्या आरोपीहरू मृतककी श्रीमती ललितपुर वाग्मती गाउँपालिका–७ देवीचौरकी २८ वर्षीया रजीना भोलुन, गोदावरी देवीचौरकै ३० वर्षीय ज्ञानकुमार सिंतान, वाग्मती गाउँपालिका–७ कै सुनीता सिंताङ र गोदावरी नगरपालिका–१२ ठेचोकी लक्ष्मी ब्लोनलाई पक्राउ गरी सार्वजनिक गरेको हो । 

salt training

कमेन्ट गर्नुहोस्