
नेपालको लागि एक्साइड ब्याट्रिको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा लिले हालै चाडपर्वको अवसरमा एक्साइड क्यास ब्याक अफर ल्याएको छ ।
यस योजना अन्तर्गत ग्राहकहरुले एक्साइड ब्याट्रिसंग जुनसुकै ब्राण्डका ब्याट्रिहरु साटेर क्यास ब्याक फिर्ता पाउन सकिनेछ ।
हरेक महिना १२ जना भाग्यशाली ग्राहकहरुले २५ प्रतिशत देखि ५० प्रतिशत सम्म नगद फिर्ता पाउन सकिनेछ । यो योजना एक्साइडका अटोमोटिभ, इन्भर्टर, सोलार र मोटरसाइकलको ब्याट्रिहरुमा सिमित अवधिको लागि मात्र लागु हुनेछ ।
यो अफरको लागि ग्राहकहरुले एक्साइड ब्याट्रिको नेपालभरि रहेका डिलरहरु मार्फत पुरानो ब्याट्रिको मुल्याङ्कन गराई नयाँ ब्याट्रिसंग एक्सचेन्ज गर्न सकिनेछ। यसको साथै यो अबधिभरि एक्साइड ब्याट्रिहरु एक्सचेन्ज गर्ने सबै ग्राहकले शियोर शट गिफ्ट प्राप्त गर्न सकिनेछ ।
थप जानकारीका लागि ०१–४२४१६५८ वा एक्साइड ब्याट्रि नेपालको आधिकारिक फेसबुकमा सम्पर्क गर्न सकिनेछ ।