
पछिल्लो २४ घन्टामा ५९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४०४ नमूना परीक्षणमध्ये ५६५ पीसीआर र ३१ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ११ हजार २३१ पुगेको छ ।
मन्त्रालयका अनुसार थप ८७१ जना संक्रमणमुक्त भएका छन् ।
यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ७५ हजार ९४३ पुगेको छ ।
हाल मुलुकभर १५ हजार २४ सक्रिय संक्रमित छन् ।