२९ जेठ २०८३, शुक्रबार

वास्तविक सुकुम्बासी पहिचान गरौं, तितरबितर पार्नु समस्या समाधान होइन: बाबुराम भट्टराई

असोज २५, २०७८
वास्तविक सुकुम्बासी पहिचान गरौं, तितरबितर पार्नु समस्या समाधान होइन: बाबुराम भट्टराई

जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुकुम्बासी समस्या दिगोरुपमा समाधान गर्नुपर्ने बताएका छन् । 

चितवनमा पत्रकारसँग सोमवार कुराकानी गर्दै उनले वास्तविक सुकुम्बासीहरूको पहिचान गरी तिनीहरूको समस्या समाधानका लागि सरकारले काम गर्नुपर्ने बताएका हुन् । 

‘सुकुम्बासी समस्या समाधानका लागि सरकारको स्पष्ट नीति नहुँदा समस्या आयो,’ उनले भने । 

आइतवार बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा भएको घटना गलत भएको भन्दै उनले सुकुम्बासी समस्या समाधान गर्नतर्फ सरकारले ध्यान केन्द्रित गर्नुपर्ने बताए । ‘वास्तविक सुकुम्बासी पहिचान गरौं, तितरबितर पार्नु समस्याको समाधान होइन,’ उनले भने ।  

पूर्वप्रधानमन्त्री भट्टराईले विगतमा एकखाले प्रवृत्तिले व्यवस्था पल्टाउने, संघीय लोकतान्त्रिक गणतन्त्र नै उल्टाउने, संविधान खतरामा पर्ने दिशातर्फ गएको भन्दै अहिलेको सरकारको गतिविधि त्यसभन्दा फरक हुनुपर्ने बताए । ‘अहिलेको सरकारको गतिविधि पहिलाको भन्दा फरक भएन भने जनतामा निराशा आउँछ,’ उनले भने । 

प्रतिगमनविरुद्ध संघर्षबाट बनेको सरकार भएकाले यो सरकार पूर्ण कार्यकाल चल्ने उनको भनाइ थियो । ‘गठबन्धनको मात्रै होइन लोकतन्त्रमा पूरा कार्यकाल व्यवस्थापिकाले पूरा गरेन भने त्यसले राम्रो सन्देश दिँदैन,’ उनले भने । 

salt training

कमेन्ट गर्नुहोस्