साउन २३, २०७९
‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ। सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– निर्वाचन प्रयोजनका लागि राजनीतिक दलहरु दर्ता हुने क्रम सुर...
बुटवल | असोज २५, २०७८
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत गुल्मीका हाकिम विश्वकर्मा बुटवलमा जग्गा पाइन्छ भने ५ दिन अगाडि बुटवलको मोतीपुरमा आएका थिए । उनी त्यहीँ समूह बनाएर जग्गामा बसे ।
आइतबार प्रहरीसँग झडप हुँदा उनी घाइते भए । ‘मलाई त बुटवलमा जग्गा बाँड्न लागेको छ भने । हामी तीन–चारजना साथीहरू आएका थियौं । हामी समूह बनाएर बसेका थियौं । प्रहरीले गोली हानेर यस्तो अवस्थामा पुर्यायो,’ विश्वकर्माले भने ।
पाल्पाका समीर थापाको खुट्टामा गोली लागेको छ । उनी पनि जग्गा पाइन्छ भनेर तीन दिनअगाडि बुटवल झरेका थिए ।
‘जग्गा पाइन्छ भने, तर गोली पो पाइयो,’ थापाले भने, ‘प्रहरीले हामीमाथि यति धेरै ज्याजति त गर्न हुन्थेन । दश दिनअगाडि २५ जनाको समूह बनाएर टीम दर्ता गरेका थियौं । बिहान आउने र दिनभर आफूले पाउने भनेको जग्गामा बस्ने अनि साँझ कोठमा फर्किने गरेका थियौं । आइतबार प्रहरीले हामीमाथि ज्याजति गर्यो ।’
रुपन्देहीको ओमसतियाकी मनरुपा झाको शरीरभर लाठीका नीलडाम छन् । ओमसतिया पडसरीबाट आएकी उनी २५ जनाको समूहमा नाम दर्ता गरेर जग्गा पाउने आशामा एक सातादेखि बिहान आएर मोतीपुरमा बस्ने र साँझ घर फर्किने गर्थिन् ।
‘म बुढीलाई कुटेर प्रहरीले के पायो ? हामीले तिरेको करले पालिएकाहरूले हामीलाई नै कुटे । आफ्नै देशको जग्गामा बस्छौं भनेका थियौं,’ उनले आक्रोशित हुँदै भनिन् । उनीहरू जस्तै ५००० हजारभन्दा बढी मानिसहरू धादिङ, गोरखा, रोल्पा, रुकुमसम्मका बासिन्दा बुटवलमा जग्गा बाँडेको छ भन्दै मोतीपुर आएर बसेका थिए ।
बुटवलको वडा नम्बर १७ र १८ को करीब २०० बिगाहा जग्गामा विगत एक महिनादेखि चहलपहल थियो । जग्गा दिलाइदिने लोभमा विभिन्न राजनीतिक समूहले उनीहरूलाई त्यहाँ ल्याएका थिए ।
प्रहरीले त्यहाँ बनेका टहरा भत्काइदिएपछि जग्गा कब्जा गरेर बसेकाहरू प्रतिकारमा उत्रिएका थिए । आफूमाथि ढुंगामुढा गर्न थालेपछि प्रहरी पनि प्रतिकारमा उत्रिएको थियो ।
पेट्रोल बम समेत प्रहार गर्न थालेपछि गोली चलाउनुपरेको प्रहरीले जनाएको छ । प्रहरीको गोली लागेर ४ जनाको मृत्यु भएको छ ।
प्रहरी र सर्वसाधारण गरी ५० भन्दा बढी घाइते भएका छन् । घटना घटेको क्षेत्र गृहमन्त्री बालकृष्ण खाणको गृहनगर हो ।
गृहमन्त्रीको गृहनगरमा यस किसिमको तनाव भएको यो पहिलोपटक होइन ।
सीता पौडेलको रहस्य मृत्युले तिलोत्तमा आन्दोलित भयो । सीता पौडेल मृत्यु प्रकरण अझै साम्य भएको छैन ।
अहिले आएर फेरि मोतीपुरमा मानवीय क्षति भएको छ ।
घटनास्थलमा पुगेका राष्ट्रिय अनुुसन्धानका एक कर्मचारीले भने, ‘प्रहरीको शक्ति कम हुँदा आक्रोशित समूहको मनोबल बढ्यो । ठूलो मानवीय क्षति हुन पुग्यो । प्रशासनले यो अवस्था आउला भन्ने सोचेको पनि थिएन । अवस्था त्यसको ठीकविपरीत भयो ।’
घटनाले रूपन्देहीको मोतीपुर क्षेत्र दिनभर तनावग्रस्त बन्यो ।
रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले प्रहरीमाथि प्रदर्शनकारीले पेट्रोल बम प्रहार गरेपछि प्रहरीले गोली चलाउनु परेको बताएका छन् । ‘घटनामा ४ जनाको मृत्यु भएको छ । जग्गा कब्जा गर्न खोज्ने र प्रहरी गरी चार दर्जनभन्दा बढी घाइते छन् । घटनाको अनुसन्धान हुँदैछ । जग्गा कब्जा रोक्न प्रशासनले प्रयास गर्दा अहिलेको घटना हुन पुुगेको हो ।’ सर्वसाधारणसँग रकम उठाएर जग्गामा बसाल्न खोज्ने ८ जनालाई प्रहरीले एक हप्ताअगाडि पक्राउ गरेको थियो ।
२१ फागुनमा तत्कालीन उद्योग मन्त्री लेखराज भट्टले मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गर्दा पनि जग्गा कब्जा गर्ने समूहले ढुंगामुुडा गरेर झडप भएको थियो ।
खाली जग्गा देख्नेबित्तिकै कब्जा गर्ने क्रम रहेकाले यस्तो अराजकता रोक्नुपर्ने रुपन्देहीका युुवा नेता देवराज पोखरेलले बताए ।
चैत १ मा रुपन्देहीको मोतीपुरमा ५ वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने गरी शिलान्यास गरिएको थियो ।
बुटवल उप–महानगरपालिकासहित तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउँपालिकासित जोडिएको तिनाउ नदी उकास क्षेत्रको सार्वजनिक जग्गामा औद्योगिक क्षेत्र बनाउनेमा सबै दलको सहमति छ । औद्योगिक क्षेत्रको शिलान्यास भएको ७ महिना भए पनि कामको प्रगति भने शून्य छ ।
शिलान्यास भएको १ महिनाभित्र उद्योग स्थापनाका लागि आशय पत्र आह्वान गर्ने, उक्त आशय पत्रको आधारमा ६ महिना भित्र उद्योगीहरूलाई चाहिने न्यूनतम पूर्वाधारहरू (अस्थायी सडक, विद्युत् र पानी) को व्यवस्थापन गर्ने गरी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले रोडम्याप तयार पारेको थियो । लिमिटेडले तयार पारेको कार्य योजनाअनुसार हालसम्म औद्योगिक क्षेत्रमा आवश्यक पर्ने सम्पूर्ण आधारभूत संरचनाहरू निर्माण भइसक्नुपर्ने भए पनि जग्गा विवादले योजना नै अन्योलमा छ ।
मोतीपुर औद्योगिक क्षेत्रका प्रमुख निमेश अधिकारीले औद्योगिक क्षेत्रभित्र पर्ने घर–परिवारलाई व्यवस्थापनको काम समेत अन्यौलता रहेको बताए ।
त्यहाँ रहेका अव्यवस्थित बसोबासी तथा स्थानीयलाई व्यवस्थापन गर्न भूमि आयोगसँग समन्वय भए पनि उक्त आयोग नै खारेज भएपछि थप अन्योल परेको उनको भनाइ छ ।
शिलान्यास भएको २ वर्षभित्र त्यस क्षेत्रमा उद्योग सञ्चालनमा ल्याउने र ५ वर्षभित्रमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले सम्पूर्ण पूर्वाधारहरूको निर्माण सम्पन्न गरिसक्ने लक्ष्य रहे पनि जग्गा विवाद तथा त्यसको व्यवस्थापनमा सहयोग गरिरहेको आयोग नै खारेज भएपछि औद्योगिक क्षेत्रको काम ठप्प भएको छ ।
‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ। सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– निर्वाचन प्रयोजनका लागि राजनीतिक दलहरु दर्ता हुने क्रम सुर...
बुटवल, साउन २४ । बुटवलको मुख्य बजार अन्तर्गत राजमार्ग चौराहा– चिडियाखोला सडक खण्ड । पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलोले सवारी देख्न नसकिने अवस्था । वर्षायाम शुरू भए यता सानो पानी पर्दा सम...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– ५ दलीय सत्ता गठबन्धन कार्यदलको संयोजकमा नेपाली कांग्रेसका नेता क...
प्रतिनिधि सभाको बैठक आज (मंगलवार) बस्दैछ । बैठक बिहान ११ बजे बस्ने तय भएको छ । बैठकमा विभिन्न कार्यसूची तय गरिएको छ । बैठकको शुरूमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्या...
प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनले गठन गरेको कार्यदलको पहिलो बैठक आज बस्दै छ । कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने आज दिउँसो ३ बजे बस्न लागेको हो ...
निर्वाचन आयोगले मंसिर ४ गते हुने आम निर्वाचनको निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । जसअनुसार असोज ११ गते निर्वाचन अधिकृत नियुक्ति गरिनेछ भने असोज २१ गते कार्यालय स्थापना र असोज २३ गते मनोनयन गर्दाको कार्य...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...