२५ असार २०८३, बिहीबार

मनोज गजुरेलले गरे बिहे

मनोज गजुरेलले गरे बिहे

वरिष्ठ हास्यकलाकार मनोज गजुरेलले दोस्रो बिहे गरेका छन् । 

पहिलो पत्नीसँग कानूनी रुपमा ४ वर्ष अघि सम्बन्ध विच्छेद गरेका उनले सोमबार नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलसँग विवाह गरेका छन् । 

उनले सामाजिक सञ्जाल फेसबूकमा लामो सन्देश राख्दै भनेका छन्, 'सम्पुर्णं आफन्त, साथी तथा शुभचिन्तकहरुलाई यो सुखद जानकारी गराउँछौँ कि हामीले आज मिति २०७८ साल असोज २५ गते सोमबार बिहान डोलेश्वर महादेवकाे दर्शन गर्यौँ । त्यसपछि परिवारको उपस्थितिमा त्यहीँ विवाह सम्पन्न गर्यौँ । अनि, सपरिवार मानवसेवा आश्रम (कौशलटार)मा रहेका बुवाआमालाई खाना खुवाएर/खाएर विवाह सम्पन्न गरेका छौँ । परिस्थिति सिर्जित हाम्रो यो नयाँ अध्यायलाई शुभकामना र आशीर्वाद प्रदान गर्ने सबैलाई धन्यवाद ।'

 

salt training

कमेन्ट गर्नुहोस्