२४ असार २०८३, बुधबार

हिंसात्मक झडपमा ४ जनाले ज्यान गुमाएपछिको मोतिपुर (तस्वीरहरू)

असोज २५, २०७८
हिंसात्मक झडपमा ४ जनाले ज्यान गुमाएपछिको मोतिपुर (तस्वीरहरू)

मोतिपुरमा भएको हिंसात्मक घटनामा प्रहरीको गोली लागेर चार सर्वसाधारणको मृत्यु भयो । कयौं सर्वसाधारण घाइते भई अस्पतालमा उपचाररत छन् । दुई पक्षबीच भएको झडपमा प्रहरी पनि घाइते भएका छन् । 

आइतवार सुकुम्बासीको नाममा निर्माणाधीन औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोज्ने समूह र प्रहरीबीच झडप भएको हो ।  

आइतवार दिनभर तनावग्रस्त रहेको बुटवलको निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्र सुनसान बनेको छ । जग्गा कब्जा गर्न आएका व्यक्ति र खाली गर्न आएका सुरक्षाकर्मीबीच झडप भएको सो क्षेत्रमा कफ्र्यू जारी छ । 

अहिले रुपन्देहीको बुटवल उपमहानगरपालिकास्थित मोतिपुरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले ३०० भन्दा बढी प्रहरी परिचालन गरिएको बताए । 

२०७२ चैत १ मा रुपन्देहीको मोतिपुरमा ५ वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भएको थियोे । जुन बुटवल उप–महानगरपालिकासहित तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउँपालिकासित जोडिएको तिनाउ नदी उकास क्षेत्रको सार्वजनिक जग्गा हो । 

२०७३ वैशाख २९ मा मोतिपुरको ८१३ बिघा क्षेत्रफल औद्योगिक क्षेत्र परियोजनाको नाममा पुर्जा बनेको छ । १२ अर्ब लागतमा औद्योगिक क्षेत्र निर्माण गर्ने योजनासहित २०७७ फागुन २१ मा शिलान्यास भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्