१० साउन २०८३, आइतबार

स्वास्थ्यमन्त्री खतिवडाले गरे हेटौंडा अस्पतालको निरीक्षण

असोज २५, २०७८
स्वास्थ्यमन्त्री खतिवडाले गरे हेटौंडा अस्पतालको निरीक्षण

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले गृहजिल्ला मकवानपुरको हेटौंडा अस्पतालको निरीक्षण गरेका छन् । 

उनले सोमवार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पतालको स्थलगत अवलोकन तथा निरीक्षण गरे ।

मन्त्री खतिवडाले हेटौंडा अस्पतालको आईसीयू कक्ष, कोभिड–१९ वार्डको स्थलगत निरीक्षण गरे । सो अवसरमा उनले अस्पतालको स्तरोन्नति र सेवा विस्तारका लागि सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले अस्पतालका कर्मचारीमा प्रतिष्ठान आएपछि जागिर नै संकटमा पर्ने चिन्ताले सताइरहेको भन्दै यसबारेमा सरकारले आवश्यक निर्णय गर्ने भएकाले निश्चिन्त रहेर जनताको सेवामा लाग्न आग्रह गरे ।

वर्षौंदेखि काम गर्दै आएका करारका कर्मचारी, चिकित्सक, नर्सलगायत सबैलाई समेटेर प्रतिष्ठानले अपुग कर्मचारी माग्नेमा सरकारको ध्यनाकर्षण हुने बताए ।

अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. रामचन्द्र सापकोटाले मन्त्री खतिवडालाई अस्पतालको पछिल्लो अवस्था र कोरोना महामारीमा गरेका प्रयासका बारेमा जानकारी गराए ।
 

salt training

कमेन्ट गर्नुहोस्