इजरायल जान परीक्षा दिएकाको अन्तिम नतिजा सार्वजनिक

इजरायल जान परीक्षा दिएकाको अन्तिम नतिजा सार्वजनिक

इजरायलमा सुसारे  (केयरगिभर)मा  जानेको  अन्तिम नतिजा सार्वजनिक भएको छ। भाषा परीक्षा उत्तीर्ण  गरेर  प्रतीक्षामा  रहेकाको  वैदेशिक रोजगार  विभागको  अन्तर्वार्ताबाट  छनोट भई  इजरायल  सरकारतर्फबाट  गोलाप्रथा प्रणालीमार्फत एक हजार १७५ जना छनोट भएका हुन्।


Advertisement

नेपालबाट  विभिन्न  चरण  पार  गरी एक  हजार  छ  सय  नेपालीलाई  सूचीकृत गरिएकोमा    त्यो    सङ्ख्याका    श्रमिक गोलाप्रथाबाट  छानिएका  हुन्।  विभागका अनुसार  छनोटमा  परेकामध्ये  सिफारिसमा परेकालाई  इजरायल  सरकारले  कम्प्युटर प्रणालीमार्फत  ८२१  महिला  (७०  प्रतिशत) रहेका छन् भने र ३५४ पुुरुष (३० प्रतिशत) छनोट परेका छन्। सूचीकृतहरूको  छनोट  इजरायलको जेरुसेलममा गरिएको गोलाप्रथा प्रणालीमार्फत भएको  थियो।  


Advertisement

अभौतिक  रूपमा  गरिएको उक्त  छनोट  कार्यक्रममा  वैदेशिक  रोजगार विभागलगायत अन्य केही सरोकारवालाको पनि सहभागिता रहेको थियो। छनोटमा   परेका   व्यक्तिले   अब मेडिकल परीक्षण र प्रहरी रिपोर्ट लिनुपर्नेछ भने   उक्त   प्रक्रियामा   अनुुत्र्तीण   भएमा इजरायल जान पाइँदैन। यो प्रक्रिया नेपाल सरकार  र  इजरायल  सरकारबीच  जीटुजी मोडलबाट  भएको  छ।  नेपाल  सरकार  र इजरायल   सरकारबीच   २०७६   असोज १४  गते  सम्पन्न  श्रम  सम्झौताअनुसार इजरायलका    दीर्घकालीन    सुसारे    (केयरगिभर)का   लागि   नेपाली   सहायक श्रमिक पठाउन लागेको हो। गोरखापत्रमा खबर छ ।

 


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्