डोटी जोरायल गाउँपालिका-२ डाडाँखाली बस्ने ३० वर्षीय विशाल दर्लामीलाई १ थान भरुवा बन्दुकसहित मंगलवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बुडरबाट खटिएको प्रहरीले उनलाई घरभित्र लुकाई राखेको उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।