काठमाडौं, ६ असार – चलचित्र ‘म यस्तो गीत गाउँछु’ को नयाँ गीत सार्वजनिक भएको छ । ऊक्त गीतमा नायिका पूजा शर्मा र पल शाह फिचरिङमा छन् ।
‘किन आजकाल तिम्रो मन मैलो भो...’ बोलको गीतलाई पोखरा आसपास छायांकन गरिएको छ । अम्बिका शर्माले लेखेको गीतमा प्रितका भावना समावेश छन् ।

सुदर्शन थापा निर्देशित उक्त चलचित्रमा पूजा र पलसहित सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला लगायतका कलाकारको समेत अभिनय रहेको छ । चलचित्रलाई सुदर्शन थापा र पूजा शर्माले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
कविराज गहतराजले छायांकन गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ मा अर्जुन पोखरेलको संगीत रहेको छ ।
चलचित्र आउँदो असार ३० गते प्रदर्शन हुँदैछ ।